कपिलवस्तु / उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गतेका लागि सारिएको छ ।

निर्वाचन कार्यालयका अनुसार सो नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन सारिएको हो ।

OM Sai Pathibhara Hospital

निर्वाचन कार्यालय महाराजगन्जले ३ जेठमा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । कार्यतालिका अनुसार आज (बुधबार) मनोनयन दर्ता गरिँदैछ । 

उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली कांग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।