रुकुम पूर्व / महिलाको अपहरण गरी हत्या गरेको आरोपमा रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

१९ वैशाखमा टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेका कुमार सिंह बुढा, पुथाउत्तरगंगा गाउँपालिका –११ का वडाध्यक्ष जयकुमार बुढा र अर्जुन बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको रुकुम पूर्वका डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।

प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटरमाथिको जंगलमा बुढाको शव फेला पारेको थियो । मृतकको शव पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको बताइएको छ।

उक्त गाउँपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ ।