काठमाडौं  /  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । 

पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहित तीन जनालाई आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले जानकारी दिए।

केही दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन्। बास्तोला उक्त पार्टीको संयोजक हुन्।

बास्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित रुपमा निर्वाचनमा भाग लिएको छ। प्रहरीले निर्वाचन बहिष्कार गर्ने समूहलाई निगरानी गरिरहेको छ। 

स्थानीय निर्वाचनको ठिक अघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले  पक्राउ गरेको बताइएको छ ।