खोटाङ  / खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ । 

हलेसी तुवाचुङ –७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बुधबार हलेसी बजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा आफूमाथि कुटपिट भएको राईको दावी छ । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।

‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बसिरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दीपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्‍यो । भागेर ज्यान बचाएँ ।’  

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।