काठमाडौँ  / गोरखामा सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । 

घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेका हुन् । 

OM Sai Pathibhara Hospital

निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको श्रेष्ठले बताए । 

उनलाई घ्याल्चोक प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।