राजनीति

    Showing 7,821-7,830 of 10,369 items.
  • बिर्तामोडको मत गणना ३ बजेबाट पुन:सुचारु हुने

    बिर्तामोड / विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मतगणना आज आइतबार अपरान्ह ३ बजेदेखि सुचारु हुने भएको छ ।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सुचना अनुसार सम्बद्ध राजनीतिक दल , उम्मेदवार , प्रशासन समेतको सर्वदलीय सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।वडा नं १ को बाँकी रहेको मतपत्रबाट मत गणना पुन: सुचारु गरिने समेत निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 108 पटक पढिएको
  • ९ पालिकामा एमालेको जित

    काठमाडौँ / हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेले ९ वटा पालिका जितेको छ । से फोक्सुण्डो गाउँपालिका– डोल्पा , चामे गाउँपालिका – मनाङ , ङिस्याङ गाउँपालिका– मनाङ , घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ र लोमन्थाङ गाउँपालिका–मुस्ताङमा एमालेले प्रमुख र अध्यक्षमा जित तय गरेको छ । त्यस्तै , बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ , खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु , साइपाल गाउँपालिका–बझाङ र बौदीकाली गाउँपालिका,नवलपुरमा समेत एमालेले मेयर र अध्यक्षमा विजयी भएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 104 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडि पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १८०० मत गन्दा गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी ८ सय ६८ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ६ सय ६ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौलाले आठ सय ५० र गठबन्धनबाट माओवादीका सीपी कडरियाले तीन सय ६१ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालेले आठ सय १० र कांग्रेसले ६ सय ५६ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 205 पटक पढिएको
  • अपडेट : बाह्रदशीमा एमालेलाई पछि पार्दै गठबन्धन

    विर्तामोड / झापाको बाह्रदशीमा ३१०२ मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ३१०२ मत गणना गर्दा प्रमुखमा काँग्रेसले ११९३ , एमालेले १०९५ र राप्रपाले ४२५ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 124 पटक पढिएको
  • झापाका ६ वडाको नतिजा सार्वजनिक

    विर्तामोड  /  झापाका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै काङ्ग्रेस र एमालेले तीन-तीन वडाध्यक्ष सहित प्यानल नै जितेका छन् । कचनकवल-१ मा काङ्ग्रेसका महावीर लिम्बु (रञ्जित)ले १४४२ मत ल्याएर राप्रपा उम्मेदवारलाई हराउँदै विजयी भएका छन्  ।त्यसैगरी कमल गाउँपालिका-१ मा काङ्ग्रेस उम्मेदवार केदार कटुवाल विजयी भएका छन् । उनले १७८६ मत ल्याएर एमाले उम्मेदवारलाई हराएका हुन् ।बाह्रदशी-१ मा काङ्ग्रेस उम्मेदवार टेकबहादुर राजवंशी विजयी भएका छन् । उनले ५७९ मत ल्याएर एमाले उम्मेदवार शम्भुसिंह राजवंशीलाई पराजित गरेका हुन् । दमक-१ मा एमाले उम्मेदवार हरि न्यौपाने विजयी भएका छन

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 187 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा अग्रता कायम गर्दै एमालेकी पवित्रा

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी सात सय मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले चार सय ७७ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद संग्रौलाले ६ सय ८९ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले दुई सय ९४ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालले ६ सय ५६ र काँग्रेसले पाँच सय २० मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 159 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १४७० मत गन्दा गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी ५ सय ६९ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले ४७४ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद संग्रौलाले ६९४ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले २९४ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालले ६५६ र काँग्रेसले ५२१ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 196 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा गठबन्धन कै अग्रता

    विर्तामोड / झापाको भद्रपुर नगरपालिकाको प्रमुख पदमा २३०८ मत गन्दा गठबन्धनले अग्रता कायम गरेको छ । भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ७७८ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले ६४९ र राप्रपाले ६०० मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ७२६ , एमालेले ५९८ , राप्रपाले ५८२ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले ७६८ ले मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 448 पटक पढिएको
  • अपडेट : कमलमा कांग्रेसको अग्रता कायमै

    विर्तामोड / कमल गाउँपालिका -१ मा ९७६ मत गणना गर्दा कांग्रेसले अग्रता कायम राखेको छ । गठबन्धनका उम्मेदवार बनेका हुकुम सिंह राईले ५१७ मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।नेकपा एमालेका उम्मेदवार भिम राईले २९० मत प्राप्त गरेका छन् भने राप्रपाका विक्रम अधिकारी ३४ मत ल्याएका छन् ।उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले २९२ र उनका प्रतिद्वन्द्वी एमालेकी प्रमिला तिवारीले २८९ मत ल्याएकी छन् भने राप्रपाकी तारा देवी अधिकारीले ५६ प्राप्त गरेकी छिन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 142 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा गठबन्धनलाई पछि पार्दै एमाले

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार ११७० मत गन्दा गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी पाँच सय ५० मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले ३८५ मत प्राप्त गरेका छन् भने राप्रपाले १०५ मत प्राप्त गरेको छ । उपमेयरमा एमालेले ५४८ , गठबन्धनबाट माओवादीले २३० र राप्रपाले १४७ मत प्राप्त गरेको छ । त्यस्तै , वडाध्यक्षमा एमालले ५२५ , काँग्रेसले ४१७ र राप्रपा १०९ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.