बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । 

पछिल्लो परिणाम अनुसार गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी सात सय मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले चार सय ७७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद संग्रौलाले ६ सय ८९ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले दुई सय ९४ मत प्राप्त गरेका छन् । 

त्यस्तै , वडाध्यक्षमा एमालले ६ सय ५६ र काँग्रेसले पाँच सय २० मत प्राप्त गरेको छ ।