विर्तामोड  /  झापाका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै काङ्ग्रेस र एमालेले तीन-तीन वडाध्यक्ष सहित प्यानल नै जितेका छन् । 

कचनकवल-१ मा काङ्ग्रेसका महावीर लिम्बु (रञ्जित)ले १४४२ मत ल्याएर राप्रपा उम्मेदवारलाई हराउँदै विजयी भएका छन्  ।

OM Sai Pathibhara Hospital

त्यसैगरी कमल गाउँपालिका-१ मा काङ्ग्रेस उम्मेदवार केदार कटुवाल विजयी भएका छन् । उनले १७८६ मत ल्याएर एमाले उम्मेदवारलाई हराएका हुन् ।

बाह्रदशी-१ मा काङ्ग्रेस उम्मेदवार टेकबहादुर राजवंशी विजयी भएका छन् । उनले ५७९ मत ल्याएर एमाले उम्मेदवार शम्भुसिंह राजवंशीलाई पराजित गरेका हुन् । 

दमक-१ मा एमाले उम्मेदवार हरि न्यौपाने विजयी भएका छन् । उनले राप्रपाका उम्मेदवार तारा अधिकारीलाई ६३ मत प्राप्त गदै हराएका हुन् । 

त्यसैगरी भद्रपुर नगरपालिका-१ मा रामप्रसाद अधिकारी विजयी भएका छन् । उनले ६६३ मत ल्याएर काङ्ग्रेस उम्मेदवारलाई हराएका हुन् । 

शिवसताक्षीमा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ । एमालेबाट वडा अध्यक्षमा लक्ष्मीप्रसाद चेम्जोङ महिला सदस्यमा उमा माझी, दलित महिला सदस्यमा निर्मला पौडेल बराइली, सदस्यहरूमा नारायण प्रसाद रिजाल र पूर्णजंग चेम्जोङ निर्वाचित भएका छन् । ​​​​​​​