बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडि पार्दै अग्रता कायम गरेको छ । 

पछिल्लो परिणाम अनुसार १८०० मत गन्दा गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी ८ सय ६८ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ६ सय ६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौलाले आठ सय ५० र गठबन्धनबाट माओवादीका सीपी कडरियाले तीन सय ६१ मत प्राप्त गरेका छन् । 

त्यस्तै , वडाध्यक्षमा एमालेले आठ सय १० र कांग्रेसले ६ सय ५६ मत प्राप्त गरेको छ ।