विर्तामोड / कमल गाउँपालिका -१ मा ९७६ मत गणना गर्दा कांग्रेसले अग्रता कायम राखेको छ । 

गठबन्धनका उम्मेदवार बनेका हुकुम सिंह राईले ५१७ मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेका उम्मेदवार भिम राईले २९० मत प्राप्त गरेका छन् भने राप्रपाका विक्रम अधिकारी ३४ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले २९२ र उनका प्रतिद्वन्द्वी एमालेकी प्रमिला तिवारीले २८९ मत ल्याएकी छन् भने राप्रपाकी तारा देवी अधिकारीले ५६ प्राप्त गरेकी छिन् ।