बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । 

पछिल्लो परिणाम अनुसार ११७० मत गन्दा गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी पाँच सय ५० मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले ३८५ मत प्राप्त गरेका छन् भने राप्रपाले १०५ मत प्राप्त गरेको छ । 

उपमेयरमा एमालेले ५४८ , गठबन्धनबाट माओवादीले २३० र राप्रपाले १४७ मत प्राप्त गरेको छ । त्यस्तै , वडाध्यक्षमा एमालले ५२५ , काँग्रेसले ४१७ र राप्रपा १०९ मत प्राप्त गरेको छ ।