राजनीति

    Showing 7,151-7,160 of 10,368 items.
  • ललितपुर –३ मा तोसिमा कार्की जितकाे नजिक

    झापा / राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित हुने पक्का भएकाे छ । कार्कीले हालसम्म १४ हजार २०८ मत ल्याएकी छिन् भने उनका निकटम्  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत ल्याएका छन् । उनीहरू बीचकाे मतान्तर पाँच हजार ९७८ रहेकाे छ ।त्यसतै नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ५४५६ मत ल्याएकी  छिन् । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 97 पटक पढिएको
  • डडेल्धुरामा २५ हजार मत प्राप्त गर्दै शेरबहादुर देउवा विजयी

    झापा  / एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन् ।प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए । देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार  निर्वाचन जित्दै आएका छन्

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 121 पटक पढिएको
  • पाँचथरमा ७ हजार ४ सय ९० मतगणना हुँदा कसको कति ?

    पाँचथर / एउटा मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेको अग्रता रहेको छ । ७ हजार ४ सय ९० मतगणना हुँदा नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङलाई ३२ मतले पछि पार्दै आङ्देम्बेले अग्रता लिएका हुन् । आङ्देम्बेले ३ हजार २ सय ६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका नेम्बाङले ३ हजार १ सय ७४ मत प्राप्त गरेका छन् । पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।नेम्बाङ प्रतिनिधिसभाका निवर्तमान सांसद पनि हुन् । उनले २०७४ को निर्वाचनमा आङदेम्बेलाई हराएका थिए ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 145 पटक पढिएको
  • झापा ३ मा लिङ्देन अघि अघि , सिटौला पछ्याउदै

    बिर्तामोड / झापा क्षेत्र नम्बर- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग अग्रता जोगाइरहेका छन् । लिङ्देन २ हजार १९१ मतान्तर सहित अगाडि छन् । उनले ८ हजार ७४४ मत ल्याउँदा सिटौलाले ६ हजार ५५३ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 123 पटक पढिएको
  • झापा –३ मा लिङ्देनलाई पछ्याउँदै सिटौला

    बिर्तामोड / झापा –३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । १३ हजार ८५२ मत गणना हुँदा लिङ्देनले सात हजार ४० मत पाएका छन् भने कांग्रेस कृष्ण प्रसाद सिटौलाले पाँच हजार २२६ मत पाएका छन् । उनीहरु बीचको मतान्तर एक हजार १४ रहेको छ । 

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 213 पटक पढिएको
  • झापा –२ : घिमिरेलाई पछ्याउँदै स्वतन्त्र उम्मेद्वार स्वागत, कति छ मतान्तर ?

    बिर्तामोड /  झापा –२ मा ३४ हजार १६२ मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले ११ हजार ३४० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार भद्र प्रसाद (स्वागत) नेपालले १० हजार १८० मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर एक हजार १६० रहेको छ । त्यस्तै माओवादी केन्द्रका उम्मेद्वार हरि कुमार राना पाँच हजार ९५६ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्र प्रसाद गिरी चौथो स्थानमा छन् । गिरीले तीन हजार २९३ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 171 पटक पढिएको
  • नागरिक उन्मुक्तिले खोल्यो खाता, कैलाली –३ मा चौधरी विजयी

    झापा  / सुदूरपश्चिममा रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली –३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा राम चौधरी विजयी भएका हुन् । चौधरी २३ हजार १२० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ र निवर्तमान सांसद नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन्।यस्तै राप्रपाका वीरेन्द्र बमलाई ७ हजार ४७ मत खसेको छ। यस क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेकोमा ५९ हजार ७१९ मत सदर भएको छ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 108 पटक पढिएको
  • झापा १ : २७ हजार ४०८ मत गणना हुँदा विश्वप्रकाशकाे अग्रता कायमै, कसकाे कति ?

    बिर्तामोड / झापा –१ मा २७ हजार ४०८ मत गणना हुँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अग्रता कायमै रहेको छ । शर्माले १३ हजार ८५० मत प्राप्त गर्दा एमालेका अग्नि प्रसाद खरेलले आठ हजार ६४९ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर पाँच हजार २०१ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले दुई हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् । प्रदेश १ तर्फ एमालेका रविन कोइरालाले पाँच हजार ८७० मत प्राप्त गर्दा कांग्रेसका गोपाल तामाङले ६ हजार ९०७ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश २ तर्फ माओवादी केन्द्रका श्यामवीर लिम्बुले तीन हजार ९८९ मत पाएका छन् भने उनका प

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 143 पटक पढिएको
  • प्रतिनिधिसभामा एमालेको दोस्रो जित, काठमाडौँ –९ बाट श्रेष्ठ निर्वाचित

    झापा / नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेललाई एक हजार ८९५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १० हजार २० मत ल्याउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलामा भने तेस्रो स्थानमा पुगेकी छन् । उनले ५ हजार २७९ मत प्राप्त गरेकी छिन्।श्रेष्ठ ०७४ को निर्वाचनमा यही क्षेत्रबाट वामगठबन्धनको उम्मेद

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 120 पटक पढिएको
  • काठमाडौँ –४ बाट साढे सात हजार मतान्तरले गगन थापा विजयी

    झापा  / काठमाडौँ –४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका राजन भट्टराईलाई सात हजार ४४६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।थापाले २१ हजार ३०३ मत ल्याउँदै बिजयी हुँदा भट्टराईले १३ हजार ८४६ मत पाएका छन्।  २०७४ को चुनावमा पनि थापाले यस क्षेत्रबाट भट्टराईलाई पराजित गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.