झापा  / सुदूरपश्चिममा रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली –३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा राम चौधरी विजयी भएका हुन् । 

चौधरी २३ हजार १२० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ र निवर्तमान सांसद नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन्।

OM Sai Pathibhara Hospital

यस्तै राप्रपाका वीरेन्द्र बमलाई ७ हजार ४७ मत खसेको छ। यस क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेकोमा ५९ हजार ७१९ मत सदर भएको छ।