काठमाडौं— एक सुकुम्बासीले फेरी आत्महत्या गरेका छन्। गैरीगाउँस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएका ५० वर्षीय चम्बरबहादुर नेपाली टिकाथलीस्थित डेरामा मृत अवस्थामा फेला परेका हुन्।

नेपाली परिवारसहित टिकाथलीमा डेरा लिएर बस्दै आएका थिए। सरकारले गैरीगाउँको बस्ती हटाएपछि उनी डेरामा बस्न बाध्य भएका थिए। प्रहरीका अनुसार उनले अस्ति राति डेरामै आत्महत्या गरेका हुन्। उनको हिजो नै अन्त्येष्टि गरिएको छ।

यसअघि साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान पनि मृत अवस्थामा फेला परेका थिए। उनको परिवारले सरकारसमक्ष १२ बुँदे माग राख्दै आएको छ।

लगातार भएका यी घटनापछि विस्थापित सुकुम्बासीको अवस्था र पुनर्स्थापनाको विषय थप संवेदनशील बनेको छ।