बिर्तामोड / झापा –१ मा २७ हजार ४०८ मत गणना हुँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अग्रता कायमै रहेको छ । 

शर्माले १३ हजार ८५० मत प्राप्त गर्दा एमालेका अग्नि प्रसाद खरेलले आठ हजार ६४९ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर पाँच हजार २०१ रहेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले दुई हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् । 

प्रदेश १ तर्फ एमालेका रविन कोइरालाले पाँच हजार ८७० मत प्राप्त गर्दा कांग्रेसका गोपाल तामाङले ६ हजार ९०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश २ तर्फ माओवादी केन्द्रका श्यामवीर लिम्बुले तीन हजार ९८९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाका सविना बजगाईँले तीन हजार ६२० मत पाएकी छिन् ।