झापा  / एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन् ।

प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

OM Sai Pathibhara Hospital

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए । देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार  निर्वाचन जित्दै आएका छन् । प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन् ।