झापा / नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। 

श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेललाई एक हजार ८९५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

श्रेष्ठले १० हजार २० मत ल्याउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलामा भने तेस्रो स्थानमा पुगेकी छन् । उनले ५ हजार २७९ मत प्राप्त गरेकी छिन्।

श्रेष्ठ ०७४ को निर्वाचनमा यही क्षेत्रबाट वामगठबन्धनको उम्मेदवारका रुपमा विजयी भएका थिए । निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए।