बिर्तामोड /  झापा –२ मा ३४ हजार १६२ मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेको अग्रता कायमै रहेको छ । 

घिमिरेले ११ हजार ३४० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार भद्र प्रसाद (स्वागत) नेपालले १० हजार १८० मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर एक हजार १६० रहेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै माओवादी केन्द्रका उम्मेद्वार हरि कुमार राना पाँच हजार ९५६ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्र प्रसाद गिरी चौथो स्थानमा छन् । गिरीले तीन हजार २९३ मत प्राप्त गरेका छन् ।