झापा  / काठमाडौँ –४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका राजन भट्टराईलाई सात हजार ४४६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

थापाले २१ हजार ३०३ मत ल्याउँदै बिजयी हुँदा भट्टराईले १३ हजार ८४६ मत पाएका छन्।  २०७४ को चुनावमा पनि थापाले यस क्षेत्रबाट भट्टराईलाई पराजित गरेका थिए ।