पाँचथर / एउटा मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेको अग्रता रहेको छ । 

७ हजार ४ सय ९० मतगणना हुँदा नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङलाई ३२ मतले पछि पार्दै आङ्देम्बेले अग्रता लिएका हुन् । 

OM Sai Pathibhara Hospital

आङ्देम्बेले ३ हजार २ सय ६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका नेम्बाङले ३ हजार १ सय ७४ मत प्राप्त गरेका छन् । पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।

नेम्बाङ प्रतिनिधिसभाका निवर्तमान सांसद पनि हुन् । उनले २०७४ को निर्वाचनमा आङदेम्बेलाई हराएका थिए ।