राजनीति

    Showing 6,631-6,640 of 7,637 items.
  • सभामुख सापकोटा र निर्वाचन आयोग विरुद्ध एमालेले दायर गरेको मुद्दाको सुनुवाइ आज

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । अध्यक्ष ओलीले दायर गरेको सो रिट निवेदनको सुनुवाइ न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा हुने छ । अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । त्यस्तै सभामुख सापकोटाले एमालेले कारवाही गरेको १४ जना सांसदको बारेमा जानकारी गराउँदा समेत पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको भन्दै ओलीले

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 107 पटक पढिएको
  • कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

    झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो”, उनले भने, “ विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उनलाई आधिकारिक सभापति भएको घोषणा गर्छौ ।”सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पा

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 89 पटक पढिएको
  • लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विवाद टुङ्गोमा

     काठमाडौं//नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद लगभग  टुङ्गोमा पुर्याएको छ ।२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो। २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ। बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौध

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 112 पटक पढिएको
  • कांग्रेस नेता शर्माको प्रस्ताव -‘दुइ कार्यकाल मात्र प्रधानमन्त्री हुने कानुनी व्यवस्था गरौं’

    बिर्तामोड / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको व्यवस्था परिवर्तन भएपनि राजनीतिमा परिवर्तन हुन नसकेको भन्दै परिवर्तनका लागि आफूले आगामी अधिवेशनमा महामन्त्री पदका लागि उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।गृह जिल्ला झापाको बिर्तामोडमा कांग्रेसका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता शर्माले राजनीतिमा परिवर्तनका लागि भन्दै २४ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरेका छन् ।राजनीतिमा परिवर्तन नहुँदा मुलुकमा बेथिति र भ्रष्टाचार बढेको अनि जनतामा निराशा पैदा भएको नेता शर्माले दावी समेत गरेका छन् ।सम्बोधनको अधिकांश समय शुसाशन, बेथिति र भ्रष्टाचारका विषयमा केन्द्रित गरेका शर्माल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 381 पटक पढिएको
  • संविधानको पुनर्लेखन गर्न आवश्यक छ : साह

    बिर्तामोड / पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता प्रभु साहले संविधान पुनर्लेखन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा मन्त्री शाहले सामाजिक सञ्जाल मार्फत लेख्दै सो कुरा बताएका हुन् । साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटिहरूको कारण देशमा राजनीतिक संकट गहिरिँदै गएको बताएका छन् । उनले लेखेका छन् –‘संविधानमा रहेका कयौँ व्यवस्था जस्तै नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार, संघीय मुलुकमा अनावश्यक तीन तह, शासक जातिलाई आरक्षण, अनावश्यक दर्जनौं संवैधानिक आयोग, दोहोरो नागरिकतासम्बन्धी गलत व्यवस्था, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र, सन्तुलन बिनाको शक्ति पृ

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 94 पटक पढिएको
  • प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न मुख्यमन्त्री आचार्यद्धारा प्रदेशवासीलाई आह्वान

    विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात्  गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् । संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र खुशीको अपेक्षासहित संविधान तथा राष्ट्रिय दिवस, २०७८ का अवसरमा आज जारी शुभकामना सन्देशमा उनले लामो समयदेखिको राजनीतिक द्वन्द्व समाप्त गर्दै राष्ट्रिय एकतापूर्ण, शान्त, समुत्रत र समृद्ध नेपाल बनाउनुपर्ने दायित्व नेपालीकै भएको बताउँदै समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान गरेका हुन् । प्रदेशलाई सामाजिक,

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 93 पटक पढिएको
  • कांग्रेसका नेता पीएलद्धारा विभूषण अस्वीकार

    बिर्तामोड / पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले विभूषण अस्वीकार गरेका छन् । सरकारले संविधान दिवसको अवसरमा प्रदान गरको ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ विभूषण पीएलल अस्वीकार गरेका हुन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्री समेत रहेका सिंहले विभूषण ग्रहण गर्नु आफ्नो नैतिक मान्यताविरुद्ध भएको बताएका छन् । उनले भने –‘मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधान अन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’२०६३ वैशाख ११ गते विगठित प्रतिनिधिसभा व्युँताइएपछि त्यसको वैधानिकता र नैतिक हैसियतलाई प्रश्न

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 124 पटक पढिएको
  • रुसका राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

    काठमाडौँ / नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले  शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका हुन् ।दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् । उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको क

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 124 पटक पढिएको
  • देउवा–ओली मिलेमतो : मापदण्ड विना नै नोवेललाई मृगौला प्रत्यारोपणको अनुमति

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा आफ्नो दल र आफू निकटलाई नियम र कानुन मिचेर कमाउने मौका दिएको भनेर आलोचना गर्दा गर्दै सरकारको नेतृत्व आफ्नो हातमा लिन सफल बनेका कांग्रेस सभापति शेर बहादुर देउवाले पनि ओलीकै बाटोमा हिड्‌न थालेका छन् ।आफू प्रधानमन्त्री भए लगत्तै जनदवाव र विरोधका बिच आफ्नी पत्नी आरजु राणाका व्यवसायीक साझेदार भनेर चिनिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रयोग गरेर देउवाले पनि आफ्ना सहयोगीलाई कमाई कमाई खाने बाटो बनाइदिन थालेका छन् ।  ओली शासनकालमा देखिएको स्वास्थ्य क्षेत्रमा भएको लुट र भ्रष्टाचारलाई निरन्तरता दिने गरी देउवाले ओल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 207 पटक पढिएको
  • एमाले अखिलको नेतृत्वमा झापाली पुगिन

    काठमाडौं//नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सुनिता बरालको अध्यक्षतामा  ४०६ सदस्यीय केन्द्रीय कमिटी पुर्न:गठन गरेको छ। अध्यक्ष बराल केपीशर्मा ओलीको गृह जिल्लाकी विद्यार्थी नेता हुन्। निवर्तमान अध्यक्ष ऐन महरले राजीनामा दिएपछि बरालको अध्यक्षतामा कमिटी पुर्न:गठन गरिएको हो। नवगठित सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महा-सचिवमा समिक बडालसहित  ४०६ सदस्यीय केन्द्रीय कमिटी पुर्न:गठन  गरिएको बताइएको छ । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले भने बिदा लिएका छन् ।नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय

    • प्रकाशित मितिः असोज २, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा