झापा  ।   नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो। 

संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न काँग्रेस झापाको विस्तारित बैठक बसेको थियो। जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ-नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ।

OM Sai Pathibhara Hospital

शुक्रवार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए भने सचिव राम कट्टेलले समर्थन गरेका थिए।सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक‚ संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन्।