​​​​​​​काठमाडौं ।  माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएका छन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिएको उल्लेख गरेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दलले प्राप्त गरेका समानुपातिक मतका आधारमा क्रम निर्धारण गरी आयोगले चिह्न प्रदान गरेको छ।

OM Sai Pathibhara Hospital

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।