काठमाडौं  ।   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दै छ ।

बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएर बस्न लागेको हो।

OM Sai Pathibhara Hospital

यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ । अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने बुजिएको छ।

माओवादीले मङ्सिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ ।