काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् । 

‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

OM Sai Pathibhara Hospital

देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै सो पार्टीले संघर्षका कार्यक्रम समेत तय गरेको छ । ‘सर्वविदित कुरा यो छ कि यो अवस्थाको अन्त्य हुनका लागि वर्तमान राज्यसत्ता र व्यवस्थाकै अन्त्य हुनु आवश्यक छ । अतः गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता सहित जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था जनगणतन्त्र नेपालको स्थापना हो। सो पार्टीको दाबी छ । 

यस्ता छन् संघर्षका कार्यक्रमहरु
पुस १४ गते मशाल जुलुस
पुस १५ गते उपत्यकामा विरोधसभा
पुस १७ गते वैदेशिक रोजगार विभागमा विरोधसभा
पुस १८ गते उपत्यकामा सडक अन्तरक्रिया
पुस १९ गते उपत्यकामा विरोधसभा
पुस २० गते देशव्यापी कोणसभा
पुस २२ गते चक्काजाम (बिहान १० देखि १०ः३०)
पुस २३ गते सिठ्ठी जुलुस (उपत्यका)
पुस २४ गते उपत्यका रिङरोड परिक्रमा (मोेटर साइकल)
पुस २५ गते देशव्यापी दलाल संसदीय व्यवस्थाको पुत्लादहन

thumbnail of Statement-3