राजनीति

    Showing 5,931-5,940 of 10,353 items.
  • संसद अवरोध गर्ने/नगर्नेबारे माओवादीले संसदीय दलको बैठकमा छलफल गर्ने

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ ।आज सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टी संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए । उनले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा शब्दमा मात्रै नभइ समग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए ।  पाण्डेले सदनको अवरोध जारी राख्ने वा हटाउने भन्ने विषयमा आफूहरु अहिले छलफलकै क्रममा रहेको बताए ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 414 पटक पढिएको
  • प्रचण्डलाई काँग्रेस सांसदको चेतावनी : जथाभावी बोलेर जनतामा भ्रम छर्ने काम बन्द गरौं

    काठमाडौं- सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएका छन् । आज राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट बाहिरिने बित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए । दाहालले मुलुक बंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न चेतावनी समेत दिए । श्रेष्ठले भने, ‘सरकारबाट निस्कन पाएको छैन-ब

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 351 पटक पढिएको
  • गिरिबन्धु टी स्टेटको जग्गा समस्या समाधान समितिको ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने- बेथिति र विचलनविरुद्ध बोल्दा सरकारै छोड्नुपर्‍यो

    झापा— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नुपरेको बताएका छन्।आइतबार बिहान झापाको बिर्तामोडमा प्रचण्डले गिरिबन्धु टी स्टेटको जग्गा समस्या समाधान समितिको ज्ञापनपत्र बुझ्दै यस्तो दावी गरे । गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए।आइतबार बिहान सोही ५१ विघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्व

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 480 पटक पढिएको
  • प्रधानमन्त्रीले अहिले जबजको सरकार छ भन्नुभएको हो ? स्पष्ट गरियोस् : नेता रावल

    काठमाडौं–एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको सरकार भएको टिप्पणी गरेको भन्दै एमाले नेता भीम रावलले प्रश्न उठाएका छन् । भदौ २९ गते एक अनलाइनमा छापिएको समाचारलाई लिएर रावलले सोधेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जनताको बहुदलीय जनबादको सरकार भएको भन्नुभएको भनी भदौ २९ गतेको रातोपाटीमा समाचार छ । के यस्तै भनिएको हो ? सम्बन्धित ठाउँबाट स्पष्ट गरियोस् ।’  प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अहिले जनताको बहुदलीय जनवादको सरकार भएको र यो कहिल्यै पुरानो नहुने बताउँदै, एमालेलाई कमजोर पार्न केही तत्व लागेको टिप्पणी गरेका थिए &nbs

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 399 पटक पढिएको
  • सदन अवरोध हटाउन प्रमुख दलका सचेतकसँग सभामुखको छलफल

    काठमाडौं–सभामुख देवराज घिमिरेले बिनाअवरोध सदन सञ्चालन गर्न प्रमुख दलका सचेतकलाई छलफलमा बोलाएका छन् । आज बिहान ११:३० बजे नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका प्रमुख सचेतक र सचेतकलाई छलफलमा आमन्त्रण गरिएको हो । भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति माओवादी केन्द्रका सांसदहरूले असहमति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुखले शब्द नहटाउने निर्णयपछि माओवादीले संसद् अवरोध गर्दै आएका छ । आज अपराह्न १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 483 पटक पढिएको
  • गणतन्त्रको संस्थागत विकासमा कसैसँग सम्झौता गर्दैनौँ : अध्यक्ष प्रचण्ड

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध देशभर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । दमकमा आज माओवादी केन्द्रको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले पार्टीले भ्रष्टाचारविरुद्ध जनविरोधी गतिविधिहरूविरुद्ध आन्दोलन र खबरदारी गर्ने बताएका हुन् । पार्टी अध्यक्ष दाहालले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकार गर्दै अब आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाउन प्रतिबद्धता जनाए ।उनले लामो शसस्त्र युद्ध र विभिन्न आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा अब माओवाद

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 369 पटक पढिएको
  • गणतन्त्रलाई असफल पार्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतन्त्रको मार्गमा अघि बढ्न नदिने प्रयास भइरहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशालामा बोल्दै ओलीले केही तत्वहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरिरहेको र राजतन्त्रको पक्षमा मान्छेहरू खुलेआम उफ्रिएको बताए ।उनले मुलुकलाई समृद्धिको बाटोमा अवरोध खडा गर्न प्रयास भइरहेको उल्लेख गर्दै झूठ र षड्यन्त्रको माध्यमबाट भ्रम फैलाउनेहरूको सामना गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गरे । ओलीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको मत घट्दै जाने र एमालेलाई निर्णा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 376 पटक पढिएको
  • उपसभामुख रानाको बचाउमा प्रचण्ड, हिंसा शब्दलाई लिएर संसद चल्न नदिने धम्की

    काठमाडौं–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उपसभामुखले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताए । उपसभामुख राना एउटा इमान्दार, जनजाति महिला भएको भन्द उनले केही प्राविधिक त्रुटि गरेपनि तर त्यसको सजाय पदबाट हटाउनेसम्म जान नहुने उनको तर्क रहेको छ । उपसभामुख रानामाथि अमेरिकामा पाँच जनाको अन्तर्वार्ता सहजीकरण गरेको आरोप थियो, जसलाई लिएर उपसभामुखलाई हटाउने चर्चा चलेको थियो।यस्तै, प्रचण्डले जनयुद्ध

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 528 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक आज, राष्ट्रिय भेलाबारे अन्तिम छलफल

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ। बैठकमा पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन, प्रस्तावित नियमावली, कार्यविधि र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदनमाथि आवश्यक छलफल हुनेछ। साथै, राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक गर्नेछन् । प्रस्तावित कार्यतालिका र समसामयिक राजनीतिक, आर्थिक, सामाजिक गतिविधिबारे पनि बैठ

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 887 पटक पढिएको
  • संसदको अवरोध सही भएको माओवादीको निष्कर्ष, जारी राख्ने निणर्य

    काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसदको अवरोध जारी राख्ने निणर्य गरेको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद अवरोध सही भएकाले जारी रहने राख्ने निणर्य गरेको हो । बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी रहने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसदमा सो विषयमा माओवादीले लिएको अडान सही रहेको बताएको पनि जानकारी दिए । उनले भने, ‘हाम्रो अध्यक्षले एकदम सही भएको छ भन्नुभयो । हामीले हिंसा शब्दलाई मात्रै नि

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 478 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.