राजनीति

    Showing 5,931-5,940 of 7,612 items.
  • एमाले झापाको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा

    बिर्तामोड  / नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं जिल्ला अधिवेशनमा खुलासभा नहुने बताएका छन् । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।मञ्च व्यवस्थापन, प्रतिनिधिहरूलाई दिइने साम

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 75 पटक पढिएको
  • राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा

     काठमाडौं / बालुवाटारमा गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज बिहान बसेको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको उक्त समितिको संयोजक भने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल छन् ।राष्ट्रिय सभा सदस्य निर्वाचन , प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त समितिको बैठक बसेको सार्वजनिक भएको छ ।संयोजक पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिमा रहेका नेताहरू बैठकमा सहभागी छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक पुनः सु

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 70 पटक पढिएको
  • सीआइबीको फन्दामा कांग्रेस नेता गच्छदार

    बिर्तामोड / बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई बाटो खुलेको छ ।ललिता निवास  जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको सीआइबीलाई किर्ते र ठगीमा मुछिएका गच्छदार र बस्नेतलगायतलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।अदालतले गच्छदार र बस्न्यातसँगै ३ सय बढीलाई पक्राउ गर्न सीआइबीलाई अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएकामा तत्कालीन मन्त्री र सचिव सहितका सरकारी अधिकारी अनि जग्गा हत्याउन सफल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 140 पटक पढिएको
  • कांग्रेस जिल्ला अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल

    महोत्तरी / नेपाली कांग्रेस महोत्तरीका पूर्वमहासचिव बजरङ्ग नेपाली आमरण अनशनमा बसेका छन् । क्षेत्रको अधिवेशन सम्पन्न नभई पुष २७ गते जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज बिहान ८ बजेदेखि अनशनमा बसेका हुन्।क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनशनलाई ऐक्यबद्धता जनाएको छ।मंगलबार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हड्तालप्रति ध्यानाकर्षण सहितको पत्रसमेत पठाइ सकेको छ। पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाई जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियोजित

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 76 पटक पढिएको
  • एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ / प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद्  सचिवालयले जानकारी दिएको छ ।यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।प्रतिनिधिसभाको २२ गतेका लागि आह्वान गरिएको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाम

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 80 पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने

    काठमाडौँ / निर्वाचन आयोगले तोके अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले तीन लाखभन्दा बढी खर्च गर्न पाउने भएका छन् । आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको हो । मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालन लगायत विभिन्न शीर्षकमा तीन लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ । यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि एक लाख, कार्यालय सञ्चालनमा तीस

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 72 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं  / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 74 पटक पढिएको
  • फेरी सर्यो १६ जिल्लाको कांग्रेस अधिवेशन

    काठमाडौँ / नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।  आज (बुधबार) बिहान बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य चुनावपछि मात्रै गर्ने निर्णय गरेको हो । सचिव केशव रिजालका अनुसार १४औं महाधिवेशन अन्तर्गत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते हुनेछ । राष्ट्रिय सभा सदस्य चुनाव माघ १२ गते हुँदैछ ।यसअघि यही पुस २७ गते ती १६ जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली,

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 76 पटक पढिएको
  • १९ पदका लागि ४३ जनाको उम्मेदवारी

    काठमाडौँ  / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।२०७४ मा

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 77 पटक पढिएको
  • राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट प्याकुरेल र बिष्टको उम्मेद्वारी

    झापा //आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेद्वारी झापाकी महिला नेतृ रञ्जु प्याकुरेल र अम्बर बिष्टले दिएका छन्। राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका हुन् ।बिष्ट राप्रपाका पूर्व जिल्ला अध्यक्ष हुन् भने प्याकुरेल विर्तामोड नगर समितिकी अध्यक्ष हुन् ।राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको बताइएको छ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 103 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा