काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ ।

आज सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो । 

OM Sai Pathibhara Hospital

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टी संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए । 

उनले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा शब्दमा मात्रै नभइ समग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए ।  

पाण्डेले सदनको अवरोध जारी राख्ने वा हटाउने भन्ने विषयमा आफूहरु अहिले छलफलकै क्रममा रहेको बताए ।