काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसदको अवरोध जारी राख्ने निणर्य गरेको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद अवरोध सही भएकाले जारी रहने राख्ने निणर्य गरेको हो । 

OM Sai Pathibhara Hospital

बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी रहने बताए । 

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसदमा सो विषयमा माओवादीले लिएको अडान सही रहेको बताएको पनि जानकारी दिए । 

उनले भने, ‘हाम्रो अध्यक्षले एकदम सही भएको छ भन्नुभयो । हामीले हिंसा शब्दलाई मात्रै निरपेक्ष रुपमा होइन, हामीलाई अपमानित गरेकोमा प्रतिवाद गरेर जाने । संसद अवरोध सही भएको छ । यो समस्याको समाधान नहुँदासम्म संसद अवरोध हुन्छ ।’

यस्तै माओवादीले काठमाडौं उपत्यकाका नदी किनारको २० मिटरसम्म भवन निर्माण गर्न नदिने निणर्यको विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने निणर्य पनि गरेको छ । 

उपसभामुखले प्राविधिक रुपमा केही विषयवस्तुहरु गल्ती गरेको भएपनि अहिले संवैधानिक परिषद्का लागि हटाउन लागिएको भन्दै यसबारेमा माओवादीले प्रतिवाद गर्ने निणर्य भएको पाण्डेले बताए ।  

माओवादी केन्द्रले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति मायाप्रसाद शर्मालाई उम्मेदवार बनाउने निणर्य पनि गरेको छ ।