काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ। बैठकमा पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । 

बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन, प्रस्तावित नियमावली, कार्यविधि र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदनमाथि आवश्यक छलफल हुनेछ। साथै, राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक गर्नेछन् । 

OM Sai Pathibhara Hospital

प्रस्तावित कार्यतालिका र समसामयिक राजनीतिक, आर्थिक, सामाजिक गतिविधिबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।