काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध देशभर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । दमकमा आज माओवादी केन्द्रको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले पार्टीले भ्रष्टाचारविरुद्ध जनविरोधी गतिविधिहरूविरुद्ध आन्दोलन र खबरदारी गर्ने बताएका हुन् । 

पार्टी अध्यक्ष दाहालले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकार गर्दै अब आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाउन प्रतिबद्धता जनाए ।उनले लामो शसस्त्र युद्ध र विभिन्न आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा अब माओवादीले कसैसँग सम्झौता वा सहमति नगर्ने उनको भनाई थियो ।