काठमाडौं–प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतन्त्रको मार्गमा अघि बढ्न नदिने प्रयास भइरहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशालामा बोल्दै ओलीले केही तत्वहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरिरहेको र राजतन्त्रको पक्षमा मान्छेहरू खुलेआम उफ्रिएको बताए ।
उनले मुलुकलाई समृद्धिको बाटोमा अवरोध खडा गर्न प्रयास भइरहेको उल्लेख गर्दै झूठ र षड्यन्त्रको माध्यमबाट भ्रम फैलाउनेहरूको सामना गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गरे ।

ओलीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको मत घट्दै जाने र एमालेलाई निर्णायक शक्ति बनाउनुपर्नेमा जोड दिए । उनले एमालेसँग मिसन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन्।