काठमाडौं–एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको सरकार भएको टिप्पणी गरेको भन्दै एमाले नेता भीम रावलले प्रश्न उठाएका छन् ।
भदौ २९ गते एक अनलाइनमा छापिएको समाचारलाई लिएर रावलले सोधेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जनताको बहुदलीय जनबादको सरकार भएको भन्नुभएको भनी भदौ २९ गतेको रातोपाटीमा समाचार छ । के यस्तै भनिएको हो ? सम्बन्धित ठाउँबाट स्पष्ट गरियोस् ।’
प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अहिले जनताको बहुदलीय जनवादको सरकार भएको र यो कहिल्यै पुरानो नहुने बताउँदै, एमालेलाई कमजोर पार्न केही तत्व लागेको टिप्पणी गरेका थिए ।
ओलीले आफ्नो दलको भोट अघिल्लो चुनावमा नयाँ दलहरूले खाएकोले २०८४ सालको चुनावमा कार्यकर्तालाई सचेत रहन निर्देशन दिए ।