राजनीति

    Showing 551-560 of 10,290 items.
  • युद्धविराम टुट्यो, अमेरिका–इरान फेरि युद्धको संघारमा

    एजेन्सी। मध्यपूर्वमा फेरि युद्धको खतरा बढेको छ। अमेरिकाले इरानका रणनीतिक क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै देशबीचको तनाव नयाँ चरणमा पुगेको छ। अमेरिकाले होर्मुज जलडमरू आसपासका इरानी सैन्य लक्ष्यमा हवाई प्रहार गरेको दाबी गरेको छ। वासिङ्टनका अनुसार यो कारबाही इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अब इरानसँग थप वार्ता गर्नु समयको बर्बादी भएको टिप्पणी गर्दै आवश्यक परे अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। यता इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिकाको आक्रमणको जवाफ निर्भीकता र साहसका साथू फर्काइने बताएका छन्। उनले प्रतिक्रिया शब्दले होइन,

    • प्रकाशित मितिः असार २५, २०८३
    • 171 पटक पढिएको
  • दलाई लामा विवादमा नारायणकाजीको चेतावनी, ‘परराष्ट्र नीति भड्काउने संकेत देखियो’

    काठमाडौं । नेपालको परराष्ट्र नीतिलाई लिएर नयाँ राजनीतिक बहस सुरु भएको छ। पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले दलाई लामासम्बन्धी पछिल्ला गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्।श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक सरकारी अनुमतिमा दलाई लामाको जन्मोत्सव मनाइनु, विदेशी कूटनीतिज्ञहरूको सहभागिता र दलाई लामाको उत्तराधिकारी नेपालबाट घोषणा हुन सक्ने चर्चा सामान्य विषय होइन। उनका अनुसार यी घटनाले नेपालको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति कमजोर हुँदै गएको आशंका बलियो बनाएको छ।उनले सरकारले कुनै पनि शक्ति राष्ट्रको रणनीतिक स्वार्थतर्फ नझुकी राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई केन्द्रमा राख्नुपर्ने च

    • प्रकाशित मितिः असार २५, २०८३
    • 136 पटक पढिएको
  • संविधान संशोधनमा कांग्रेसको ‘ब्लुप्रिन्ट’ आज सार्वजनिक, अब बहसले लिने नयाँ मोड

    काठमाडौं।  संविधान संशोधनको बहस फेरि राजनीतिक केन्द्रमा पुगेको छ। नेपाली कांग्रेसले आज संशोधनबारे आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्दै आगामी राजनीतिक बहसको दिशा तय गर्ने तयारी गरेको छ।नेपाली कांग्रेसले संविधान संशोधनका एजेन्डालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो। पार्टीका सभापति गगनकुमार थापा ले आज दिउँसो ललितपुरस्थित केन्द्रीय कार्यालयबाट कांग्रेसको संविधान संशोधनसम्बन्धी दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा वरिष्ठ कानुनविद् र अधिवक्ताहरू सम्मिलित विज्ञ समिति गठन गरेको थि

    • प्रकाशित मितिः असार २५, २०८३
    • 140 पटक पढिएको
  • आर्थिक कानुनमा ऐतिहासिक फेरबदल गर्दै सरकार

    काठमाडौं। २०१३ सालदेखि लागू हुँदै आएका पुराना आर्थिक कानुन अब इतिहास बन्ने तयारीमा छन्। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले एकैपटक आधा दर्जनभन्दा बढी आर्थिक ऐन संशोधन र खारेज गर्ने विधेयक संसदमा दर्ता गरेका छन्। प्रतिनिधिसभामा दर्ता भएको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक’ मार्फत सरकारले संघीय शासन व्यवस्थासँग नमिल्ने र समयअनुकूल नरहेका कानुनी व्यवस्था हटाउने तयारी गरेको हो।विधेयकले प्रादेशिक विकास योजनासम्बन्धी ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट ऐन २०५२ लगायतका पुराना कानुन खारेज गर्ने प्रस्ताव गरेको छ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 133 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 129 पटक पढिएको
  • नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन: शंकर पोखरेल

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बता

    • प्रकाशित मितिः असार २५, २०८३
    • 182 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं / प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।  बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई समेत प्रस्तुत गर्ने र कार्यसूची छ । ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ

    • प्रकाशित मितिः असार २५, २०८३
    • 117 पटक पढिएको
  • संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

    काठमाडौं— स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकारलाई प्राथमिकता दिन आग्रह गरेको छ। समाजले समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र समावेशिताका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्न पनि सरकार, संघीय संसद् र राजनीतिक दलसँग आग्रह गरेको छ।काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा समाजका संयोजक कर्णबहादुर नेपालीले संविधान संशोधनलाई दलित अधिकार थप सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।उनले दलित समुदायको अर्थपूर्ण सहभागिताबिना संविधान संशोधनले सामाजिक न्यायको उद्देश्य पूरा गर्न नसक्ने उल्लेख गरे। उनले संशोधन प्रक्रिया सहभागितामूलक

    • प्रकाशित मितिः असार २४, २०८३
    • 375 पटक पढिएको
  • गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

    काठमाडौं / सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय भएको छ ।’ उनको अनुसार शैक्षिक परामर्ष भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने पनि निर्णय भएको छ ।

    • प्रकाशित मितिः असार २४, २०८३
    • 311 पटक पढिएको
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रशासनिक विषय तथा सरकारका प्राथमिकतासँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल भइरहेको छ।बैठकबाट आवश्यक नीतिगत निर्णय र नियमित प्रशासनिक प्रस्तावहरू पारित हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि सरकारले थप विवरण सार्वजनिक गर्नेछ।

    • प्रकाशित मितिः असार २४, २०८३
    • 88 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.