काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।प्रधानमन्त
मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाम माथि बजेट सभामा छलकपट गरी बिभिन्न निर्णय गरेको आरोप लगाउँदै नगर प्रमुख ,उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख प्रशासकिय अधिकृतलगायत सबै शाखा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकामा सेवा लिन आएको सेवाग्राही मर्कामा परेका छन् । आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा कर्मचारीको करार नियुक्त, चोकहरुको नामाकरणलगाएत अन्य बिभिन्न निर्णय कुनै जानकारी नगरी छलकपटपूर्वक सभा सम्पन्न गरेको भन्दै १४ वडा मध्ये ११ जना वडा अध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।तीन जना वडा अध्यक्ष जिल
काठमाडौं – गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् ।विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाल
काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास (पीआर) लिएका नेपाली नागरिकलाई पनि योग्य भएमा सरकारी जिम्मेवारी दिन सकिने प्रस्ताव गरेका छन्।संसद्को अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले सरकारले नीति निर्धारण गरेपछि कार्यान्वयनको जिम्मा योग्य व्यक्तिलाई दिनुपर्नेमा जोड दिए।उनले उदाहरण दिँदै भने, “अमेरिका, युरोपका ट्रिलियन डलरका कम्पनीहरू विदेशीहरूले चलाइरहेका छन्, इन्डियनहरूले नेतृत्व लिएका छन्। काम गर्नसक्ने क्षमतावान व्यक्ति हो भने विदेशी नागरिक वा पीआर होल्डरलाई पनि सीईओ बनाउनुमा कुनै आपत्ति हुनु हुँदैन।”उन
काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले देशभरका कारागारमा बढ्दो समस्या समाधानका लागि संसदीय अध्ययन समिति गठन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले कारागार सुधारका लागि पूर्वनिर्धारित नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या चुलिँदै गएको बताए।"गृह प्रशासन सुधार योजना–२०७८ अन्तर्गत तयार गरिएको कारागार सुधार अवधारणा पत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन र कारागारसम्बन्धी दीर्घकालीन समाधान खोज्न संसदीय अध्ययन समिति गठन गर्न आवश्यक छ," उनले भने।साउदले कैदीबन्दीहरू पनि समाजकै हिस्सा भएको भन्दै उनीहरूका न्यूनतम मानव अधिकारक
काठमाडौं – रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) ०८३ सालसम्म सक्न कठिन रहेको जानकारी दिएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले फास्ट ट्रयाकको काम ०८३ भित्र सक्ने सम्भावना कठिन भएको बताएका हुन् । मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशंका रह्यो । ०८३ नआइकन भन्नपनि सकिदैन् । तर मेलम्चीको आयोजना लम्बिदैन् ।’ उनले नेपालमा फास्ट ट्रयाकको काम गर्दा जमिन र जङगल सम्बन्धिका कानुनले अप्ठ्यारो पर्ने बताए । ‘नेपाल
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् ।विहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै, ‘हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो ’ भने । उनले पर
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् । विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए । मुख्यमन्त्री कार्कीले नेपालमा संस्थाहरू खोलिने तर त्यसलाई ध्यान नदिइने प्रवृत्तिको आलोचना गर्दै पुराना संरचनाहरू पुनर्संरचना गरेर क्रियाशील बनाउनुपर्ने आवश्यकता औल्याएका छन् । उनले भनेका छन्,‘संरचनाहरू छन् तर त्यसले रिजल्ट दिएको छैन । अब पुनर्संरचना गरेर अगाडि बढ्नुपर्छ ।’बा
काठमाडौं –नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए ।पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.