काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भत्सर्ना गरेको हो ।जेनजी आन्दोलनलाई अपहरण गरि बनेको सुशीला कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न नसकेको समेत संगठनको आरोप छ ।विज्ञप्तिमा लेखिएको छ,‘अग्रगामी निकासका लागि आज माइतीघर मण्डलामा विभिन्न ज
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ ।अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । खत्रीले वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने, ‘हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर
काठमाडौं— मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।त्यस्तै उनले देशलाई निकास नदिई,जेनज
जनकपुर— मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भ
काठमाडौं— माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।
काठमाडौं— पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा स
काठमाडौं— नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान अवस्थामा फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको कस्तो परिणाम आउछ भन्ने कुरा पछिको विषय भएको भन्दै अहिले संविधानलाई आफ्नो बाटोमा फर्काउनको लागि फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताए ।उनले भने, ‘आजको समयमा चुनाव हुन्छ कि हुदैँन्, चुनाव भएन भने के होला चुनाव हुदैँ गर्दा शान्तिपूर्ण होला कि नहोला भन्ने एउटा पाटो छ । यो कुरामा नेपाली काङ्ग्रेसको तर्फबाट पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नु पर्छ । कि फागुन २१ गते चुनाव गर्ने
काठमाडौँ । माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन जेड प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । सो क्रममा निकोलस भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन जेड ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । केही घाइते पनि त्यहाँ पुगेका छन् ।तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी
काठमाडौं— सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मिराज ढुङ्गानाको अगुवाइमा भएको प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू सहभागी थिए।प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठन भएपछि मात्र निष्पक्ष निर्वाचन सम्भव हुने दाबी गरेका थिए। उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।प्रदर्शनका क्रममा युवाहरूले भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरताको मुद्दा उठाउँदै वर्तमान व्यवस्थाले सुशासन दिन नसकेको आरोप लगाए । राजनीतिक स
काठमाडौं— नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै आन्दोलन तीव्र पारेको छ। समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेको हो।प्रदर्शनकारीहरूले ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा नागरिकता नियमावली नहुँदा हजारौं नागरिक अधिकारबाट वञ्चित भइरहेका छन्।समितिले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्न ढिलाइ भइरहेको भन्दै सरकारको आलोचना गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.