काठमाडौं— गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका
काठमाडौं— नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने क
पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्की जिल्लाका दुई वडा सभापतिलाई निलम्बन गरेको छ।गण्डकी प्रदेश रास्वपाका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई तत्काल प्रभावबाट निलम्बन गरिएको उल्लेख छ।रास्वपाका अनुसार दुवै नेताले गरेको भनिएको गैरजिम्मेवार गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अनुशासनको दृष्टिले निलम्बन गरिएको हो।पार्टीले थप छानबिनपछि आवश्यक निर्णय लिइने जनाएको छ।
काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।यस्
काठमाडौं— नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई भेटेका छन्।शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि घिसिङ सिधै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेका हुन्। उनले अस्पतालमा मृतकका आफन्तहरूसँग भेट गरी गहिरो समवेदना प्रकट गरेका छन्।टिचिङ अस्पतालबाट फर्किएपछि उनी सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आफ्नो औपचारिक कार्यभार सम्हाल्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।
काठमाडौं— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरी १४ मन्त्रालय आफैँसँग राखेकी छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँसँग राखेकी हुन्। यसैबीच, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई सपथ खुवाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले विस्तार गरेको मन्त्रीपरिषदका तीन सदस्यले राष्ट्रपति पौडेलबाट सपथ लिएका हुन ।सपथ लिनेमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जामन्त्री, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री, कानून तथा संसदीय मामिला मन्त्रालयमा ओमप्रकास खनाल छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् ।सोमबार सामाजिक संजालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन् । सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिने पनि उनले बताएका छन् ।पहिलो बुँदामा श्रेष्ठले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता सुझाव दिएका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू ,तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि
काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो ।हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भईरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.