राजनीति

    Showing 1,211-1,220 of 10,298 items.
  • जेनजी आन्दोलन सम्बन्धी आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आएको छैन् : प्रधानमन्त्री शाह

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोग ले तयार पारेको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिलेसम्म नआएको बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राई ले उक्त प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्।प्रधानमन्त्री शाहका अनुसार प्रतिवेदन हालसम्म आधिकारिक रूपमा प्रधानमन्त्री कार्यालयमा प्राप्त भएको छैन। उनले प्रतिवेदन प्राप्त भएपछि त्यसबारे आवश्यक प्रक्रिया अघि बढाइने र सार्वजनिक गरिने बताए।यसअघि जेनजी आन्दोलनको घटनाबारे विभिन्न पक्षबाट छानबिन र प्रतिवेदन सार्वजनि

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 67 पटक पढिएको
  • ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत

    काठमाडौं— आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन् ।उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका हुन् ।सभामुखले भने, ‘मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु । व्यवस्था गरिरहेको छु । तर मान्य सदस्यहरुले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ । मान्य सदस्यहरुलाई आफ्नो भाषा सुर्धान म ध्यानाकर्षण गराउँछु ।’आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पन

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 482 पटक पढिएको
  • खुश्वुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ स् सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना माग गरेकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको बताए ।उनले भने, ‘भिजिट भिसाको दुरुपयोग विगतदेखि नै हुँदै आएको छ । त्यसलाई नियन्त्रण गर्न मन्त्रालय, विमा

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 474 पटक पढिएको
  • नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

    काठमाडौं— नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री शाहले आइतबार संसदबाटै भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको भनेका थिए ।यसबारे कांग्रेस प्रमुख सचेतक बासना थापाले आपत्ति जनाइन् । उनले यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । अन्यथा संसदबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेट्नुपर्छ,' उनले भनिन् ।

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 503 पटक पढिएको
  • सरकारलाई प्राप्त सबै प्रतिवेदनहरूको अध्ययन हुन्छ : प्रधानमन्त्री शाह

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सरकारलाई हालसम्म बुझाइएका सबै प्रतिवेदनहरू अध्ययन गरिने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले मानव अधिकार आयोग, विभिन्न आन्दोलन, र्‍याली तथा अन्य घटनासँग सम्बन्धित प्रतिवेदनहरू सरकारसँग रहेको बताए।कांग्रेस सांसद अर्जुनरसिंह केसी ले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने जानकारी दिए।प्रधानमन्त्री शाहले सरकारले कुनै एक प्रतिवेदन मात्र नभई विगतका सबै महत्वपूर्ण प्रतिवेदनहरू समीक्षा गरेर त्यसअनुसार निर्णय लिने स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 172 पटक पढिएको
  • प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना नभएको भन्दै आपत्ति जनाए ।उनले प्रतिनिधिसभा नियमावली, २०८९ को दफा ५६१ अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै उक्त प्रावधान कार्यान्वयन नभएको बताए ।उनले भने,‘फेरी आज एकपटक यो देशको संविधान नियमावली मिचिएको दुखद कुरा संसदलाई अवगत गराउँछु । प्रतिनिधिसभा नियमावली २०८९ मा ५६१ मा प्रतिनिधिसभाका

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 455 पटक पढिएको
  • संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । बोल्नका निम्ति हात उनले उठाए र उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए ।सभामुखबाट समय प्राप्त भएपछि उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताए।यसअघि प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका थिए । प्रधानमन्त्री शाहको आजको उपस्थितिसँगै सांसदहरूले उठाएका विषयम

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 469 पटक पढिएको
  • एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेतः लोकप्रसाद दाहाल

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष लोकप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले गैरआवासीय नेपाली (एनआरएन) समुदायलाई नेपालको आर्थिक विकासको साझेदारका रूपमा स्थापित गर्ने सकारात्मक संकेत दिएको बताएका छन् ।बजेटप्रति प्रतिक्रिया दिँदै दाहालले विश्वभर फैलिएका लाखौं गैरआवासीय नेपाली नेपालको आर्थिक, बौद्धिक तथा प्राविधिक शक्तिका महत्वपूर्ण स्रोत रहेको उल्लेख गरे । उनले रेमिट्यान्समा मात्र सीमित नरही एनआरएनहरूको पूँजी, सीप, प्रविधि, उद्यमशीलता तथा अन्तर्राष्ट्रिय पहुँचलाई राष्ट्रिय विकाससँग जोड्ने समय आएको बताए ।दाहालले बजेटमा गैरआवासी

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 480 पटक पढिएको
  • प्रचण्डको स्वास्थ्यमा सुधार

    काठमाडौं। हल्का निमोनियाका कारण अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन्। केही दिनदेखि ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन्।चिकित्सकका अनुसार स्वास्थ्य सुधार यस्तै रहेमा उनलाई भोलिसम्म अस्पतालबाट डिस्चार्ज गरिने सम्भावना छ। पार्टी नेता तथा परिवारका सदस्यहरूले पनि प्रचण्डको अवस्था स्थिर र सुधारोन्मुख रहेको बताएका छन्। प्रचण्ड ज्वरो आएपछि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । 

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 186 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने छ ।यसैगरी, प्रतिनिधि सभा नियमावली मस्यौदा सभापति पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो सं

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.