काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोग ले तयार पारेको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिलेसम्म नआएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राई ले उक्त प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार प्रतिवेदन हालसम्म आधिकारिक रूपमा प्रधानमन्त्री कार्यालयमा प्राप्त भएको छैन। उनले प्रतिवेदन प्राप्त भएपछि त्यसबारे आवश्यक प्रक्रिया अघि बढाइने र सार्वजनिक गरिने बताए।
यसअघि जेनजी आन्दोलनको घटनाबारे विभिन्न पक्षबाट छानबिन र प्रतिवेदन सार्वजनिक गर्न माग हुँदै आएको थियो। तर प्रधानमन्त्रीले सम्बन्धित प्रतिवेदन अझै सरकारको मुख्य कार्यालयमा नपुगेको जानकारी दिएका छन्।
जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नपुगेकाले कार्यान्वयन प्रक्रिया अझै सुरु नभएको प्रधानमन्त्री शाहको भनाइ छ।


































