काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सरकारलाई हालसम्म बुझाइएका सबै प्रतिवेदनहरू अध्ययन गरिने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले मानव अधिकार आयोग, विभिन्न आन्दोलन, र्याली तथा अन्य घटनासँग सम्बन्धित प्रतिवेदनहरू सरकारसँग रहेको बताए।
कांग्रेस सांसद अर्जुनरसिंह केसी ले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने जानकारी दिए।
प्रधानमन्त्री शाहले सरकारले कुनै एक प्रतिवेदन मात्र नभई विगतका सबै महत्वपूर्ण प्रतिवेदनहरू समीक्षा गरेर त्यसअनुसार निर्णय लिने स्पष्ट पारे।



































