काठमाडौं— नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री शाहले आइतबार संसदबाटै भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको भनेका थिए ।

यसबारे कांग्रेस प्रमुख सचेतक बासना थापाले आपत्ति जनाइन् । उनले यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । अन्यथा संसदबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेट्नुपर्छ,' उनले भनिन् ।