काठमाडौं। हल्का निमोनियाका कारण अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन्। केही दिनदेखि ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन्।
चिकित्सकका अनुसार स्वास्थ्य सुधार यस्तै रहेमा उनलाई भोलिसम्म अस्पतालबाट डिस्चार्ज गरिने सम्भावना छ। पार्टी नेता तथा परिवारका सदस्यहरूले पनि प्रचण्डको अवस्था स्थिर र सुधारोन्मुख रहेको बताएका छन्। प्रचण्ड ज्वरो आएपछि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।






































