राजनीति

    Showing 1,181-1,190 of 7,501 items.
  • राष्ट्रपतिले भने, `संबिधानले बृहत् एकताको सुत्रमा आबद्व गरेको छ

    संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने बताएका हुन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताएक

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 189 पटक पढिएको
  • टुडिखेलमा संबिधान दिबस मनाईदै, प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौँ, ३ असोज ।संविधान दिवसको अवसरमा विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी देशब्यापी रूपमा मनाइँदैछ ।मुख्य गरि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुदैँछ।  जहाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विशेष सम्बोधन गर्दैछिन् ।उता, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले पनि संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछन्  ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 141 पटक पढिएको
  • प्रतिनिधिसभा बिघटनबिरूद्व निवेदन पेश, दर्ता हुन बाँकी

    काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै सर्बोच्च अदालतका रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ।अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजो निवेदन पेश गरेका हुन्।केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधान बमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान बमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै थाहा जानकारी नदिई, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको र त्यसरी नियुक्त व्यक्तिले जननि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 163 पटक पढिएको
  • राष्ट्रियसभा अध्यक्षले गरे सचिव र समिति सभापतिसँग छलफल

    काठमाडौं, ३ असोज ।बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन्।सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए ।छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 108 पटक पढिएको
  • काठमाडौंका एसएसपी विश्व अधिकारी तानिए, रमेश थापालाई पठाइयो

    काठमाडौं -  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ।जेन-जी आन्दोलनका क्रममा  दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ।प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको बताएको छ। जेन-जी आन्दोलनका क्रममा हालसम्म देशभरि ७४ जनाको मृत्यु भएको छ। जेन-जी आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरीको गोलीले १९ जनाको मृत्यु भएको थ

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 219 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत

    काठमाडौं— नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् ।प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 476 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट

    काठमाडौं— नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन् ।प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 507 पटक पढिएको
  • विराटनगरबाट एमाले नेताहरुको आवाजः नेतृत्वमा सुधार आवश्यक

    विराटनगर— नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन केवल जेनजेडको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि भएको उल्लेख गरे । उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे । कार्कीले भने, ‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्या

    • प्रकाशित मितिः असोज २, २०८२
    • 477 पटक पढिएको
  • जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  । उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ । निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ । निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन् । नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्च

    • प्रकाशित मितिः असोज २, २०८२
    • 480 पटक पढिएको
  • जनमत पार्टीका ६ जना केन्द्रीय नेताहरुको सामूहिक राजीनामा

    काठमाडौं— डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा देखिएको आन्तरिक विवाद थप चुलिएको छ। पार्टीका केन्द्रीय तहका ६ नेताले बिहीबार पार्टी परित्याग गरेका छन्।बुधबार मात्र पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले आज साधारण सदस्यता समेत त्याग गर्दै पार्टी परित्याग गरेका हुन्।राजीनामा दिने नेताहरूमा १.अब्दुल खान, वरिष्ठ उपध्याक्ष, २.डा. शरद सिंह यादव, केन्द्रिय प्रवक्ता, ३. संजय कुमार यादव, केन्द्रिय संयोजक, जनमत युवा संघ, ४. सि.के.सिंह, केन्द्रिय संयोजक, जनमत स्वास्थ्यकर्मी संघ, ५.राजाराम चौधरी, वरिष्ठ प्रदेश इन्चार्ज, सुदूरपश्चिम प्रदेश र ६. विक्रम बहादुर बम, राष्ट

    • प्रकाशित मितिः असोज २, २०८२
    • 444 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा