काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। प्रदेशका १४ जिल्लामध्ये ८ जिल्लाको अधिवेशन सम्पन्न भएसँगै नयाँ जिल्ला नेतृत्व चयन भएको छ।हालसम्म सुनसरी, झापा, ताप्लेजुङ, मोरङ, तेह्रथुम, भोजपुर, संखुवासभा र ओखलढुंगामा जिल्ला सभापति चयन भइसकेका छन्। बाँकी जिल्लाहरूमा पनि अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।निर्वाचन परिणामअनुसार सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा जिल्ल
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै बागमती प्रदेशका अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ।हालसम्म १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने चितवन, ललितपुर र रसुवामा आइतबार नेतृत्व चयन प्रक्रिया जारी छ। सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित गरिएको छ। अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा नयाँ सभापतिहरू निर्वाचित भएसँगै रास्वपाले प्रदेशभर आफ्नो संगठनात्मक संरचना मजबुत बनाउने प्रयासलाई अघि बढाएको छ।काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र केही समयदेखि देखिएको आन्तरिक विवाद अन्ततः मन्त्रालयको भागबण्डामार्फत समाधान भएको छ।मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट समूहबीच सहमति भएपछि अब प्रदेश सरकार पुनर्गठनको तयारी सुरु भएको छ। सहमतिअनुसार कांग्रेसको भागमा रहेका मन्त्रालयमध्ये केही जिम्मेवारी नयाँ अनुहारलाई दिने समझदारी बनेको छ।मन्त्री बन्ने नाम भने अझै टुंगिएको छैन। दुवै पक्ष अहिले आन्तरिक छलफलमा जुटेका छन्। विभिन्न सांसदहरूले मन्त्री बन्ने इच्छा देखाएपछि अन्तिम निर्णयमा केही समय लाग्न सक्ने बताइएको छ।स्रोतका अनुसार क्षेत्रीय र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखेर मन्त्री छनोट गर
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् ।शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित भएका छन् ।रास्वपाका केन्दिय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाहले अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
काठमाडौं— सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन् ।टिकापुरमा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन बनेपछि मात्र प्रभावित पक्षले जानकारी पाउने अभ्यास परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । कृषक, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग पूर्व परामर्श गरेर मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने उनको भनाइ थियो ।सभामुख अर्यालले ई–पार्लियामेन्ट तथा प्रविधिमैत्री संसदीय अभ्यासको विषयमा चर्चा गर्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिक
काठमाडौं— बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् ।राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।राजा चाल्र्सले यो कदमले 'बेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्य वान सम्बन्धु लाई झल्काएको बताएका थिए । उनले भने, ‘आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु ।’राजा चाल्र्सले अब यस इकाई मार्फत गोर्खा सैनिकहरूले ‘बेलायती से
सिमकोट। राष्ट्रिय स्वतन्त्र पार्टीकोे पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उहाँ यसअघि उपसभापति हुनुहुन्थ्यो ।भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो । भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ ।समितिलाई भेलाले चयन गरेको हो ।यसैबीच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिनुभयो ।आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ ।आयोगका प्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ ।निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाउनुभएको छ । उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित हुनुभएको छ ।
देवेन्द्र किशोर: नेपालको राजनीतिक इतिहास परिवर्तन, संक्रमण र पुनर्संरचनाका अनेक अध्यायहरूले भरिएको छ। प्रत्येक राजनीतिक चक्रमा जनताले वैकल्पिक नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको खोजी गरेका छन्। पछिल्लो समय परम्परागत राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको अभाव, भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाक्रम तथा राष्ट्रिय स्वाभिमानसम्बन्धी बहसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको वातावरण सिर्जना गरिरहेको छ। यही परिवेशमा डा. धवल शम्शेर राणा र दुर्गा प्रसाईँबीच सम्पन्न ११ बुँदे सहमतिले नयाँ राजनीतिक शक्ति निर्माणको सम्भावनालाई औपचारिक आकार दिएको छ।यो सहमति केवल दुई व्यक्तित्वबीचको राजनीतिक सहकार्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.