काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै बागमती प्रदेशका अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ।

हालसम्म १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने चितवन, ललितपुर र रसुवामा आइतबार नेतृत्व चयन प्रक्रिया जारी छ। सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित गरिएको छ। अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा नयाँ सभापतिहरू निर्वाचित भएसँगै रास्वपाले प्रदेशभर आफ्नो संगठनात्मक संरचना मजबुत बनाउने प्रयासलाई अघि बढाएको छ।

काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

पार्टीले बाँकी जिल्लाको अधिवेशन सम्पन्न भएसँगै बागमती प्रदेशको संगठनात्मक तस्वीर पूर्ण हुने जनाएको छ।