काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। प्रदेशका १४ जिल्लामध्ये ८ जिल्लाको अधिवेशन सम्पन्न भएसँगै नयाँ जिल्ला नेतृत्व चयन भएको छ।
हालसम्म सुनसरी, झापा, ताप्लेजुङ, मोरङ, तेह्रथुम, भोजपुर, संखुवासभा र ओखलढुंगामा जिल्ला सभापति चयन भइसकेका छन्। बाँकी जिल्लाहरूमा पनि अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।
निर्वाचन परिणामअनुसार सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आइतबार पनि अधिवेशन जारी छ। अधिवेशन सम्पन्न भएपछि कोशी प्रदेशमा रास्वपाको नयाँ संगठनात्मक संरचना पूर्ण हुने छ।






































