पत्रपत्रिका

    Showing 841-850 of 1,241 items.
  • सिकिस्त बिरामी फर्काइँदै

    बिर्तामोड  (कान्तिपुर दैनिकबाट) देशभर कोरोनाका सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १ सय ६० जना आईसीयू र भेन्टिलेटरमा ४५ जना रहेका छन् । कतिपय अस्पतालमा सिकिस्त बिरामी राख्ने शय्या नभएकाले फर्काउन थालेका छन् ।वैशाख १ गते ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेका थिए भने वैशाख २ गते वृद्धि भई ९१ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेका थिए । ३ गते १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा रहेकामा ४ गते ९४ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा पुगेका थिए । ५ गते १ सय १६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा र ६ गते १ सय ४८ जना आईसीयू र ४

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 44 पटक पढिएको
  • जसपालाई प्रधानमन्त्रीले वचन दिए–रिहाइ र मुद्दा फिर्ता प्रक्रिया यसै साताबाट

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ९जसपा० को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।सरकार जोगाउन साथ खोजिरहेका प्रधानमन्त्री ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर रिहाइ र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने बताएका हुन् ।बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओली, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित दुवै पक्षका कार्यदल सदस्यहरूको बैठक भएको थियो । करिब दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले मुद्दा फिर्ताका लागि केहीको प्रक्रियागत अंग पुर्‍य

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 46 पटक पढिएको
  • एमाले विवादमा पन्छिँदै आयोग

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) सत्तारूढ दल एमालेमा देखिएको केन्द्रीय कमिटी बैठकको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले अझै निर्णय लिन सकेको छैन । तत्कालीन नेकपाको विवादलाई अनिर्णीत बनाएर राखेझैं अहिले एमालेमा देखिएको विवादलाई पनि आयोगले लम्ब्याएर लैजाने संकेत दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ र चैत ७ मा बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णयको वैधानिकतामाथि झलनाथ खनाल–माधवकुमार नेपाल समूहले प्रश्न उठाएका छन् । खनाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकता

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 42 पटक पढिएको
  • एमाले ‘फुटको डिलमा’

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल समूहका २७ सांसदमाथि कारबाही प्रक्रिया सुरु गरेका छन् ।कर्णालीमा सरकार निर्माणका लागि आफ्नै पार्टीको बहुमत हुँदाहुँदै खनाल–नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गर्दा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो । खनाल–नेपाल समूहले केन्द्रमा आफूविरुद्ध पनि त्यस्तै गर्न सक्ने जोखिम देखेपछि ओलीले मंगलबार वरिष्ठ नेता खनाल र नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 48 पटक पढिएको
  • अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : निर्वाचनको तयारीमा बसौं

    बिर्तामोड ( राजधानी दैनिकबाट )नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । ‘मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पंक्तिलाई हमेसा तयारी अवस्थामा राख्नुपर्छ ।’ ओलीले प्रतिवेदनमार्फत निर्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 66 पटक पढिएको
  • २९ वर्षपछि ऐनको व्यवस्था लागू

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र ९लाइसेन्स० लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 52 पटक पढिएको
  • १७ सोलार प्लान्टलाई निर्माणको अनुमति

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवा

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 54 पटक पढिएको
  • कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

    बिर्तामोड (न्युज अफ नेपाल दैनिकबाट) सरकारले आज मंगलबारदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ ।  बिहान १० बजेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु गरिने छ ।गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो ।उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पह

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 45 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन जेठमा गर्न प्रस्ताव

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन जेठ पहिलो साता गर्न प्रस्ताव गरेको छ । माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई कारबाही गरेपछि उनको पद रिक्त भएको थियो ।संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो । राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । कानुनको त्यही व्यवस्थालाई हेर्दै आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको आयोगका प्रवक्ता सहसचिव राजकुम

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 50 पटक पढिएको
  • रुकुम पश्चिम घटनास् अभियुक्तलाई थुनामै अनुसन्धान गर्न आदेश

    बिर्तामोड(नागरीक दैनिकबाट )सर्वोच्च अदालतले रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला र उच्च अदालतको आदेश सोमबार सदर गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आदेश सदरसहित चारजनालाई साधारण तारेखमा राख्न र बाँकी सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको हो।  १० महिना अघि रुकुम पश्चिममा नवराज बिकलगायत ६ जनाको हत्या भएपछि ३४ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुममा दर्ता भएको थियो। त्यसपछि जिल्ला अदालतले हत्या भएको ठहर गर्दै अभियुक

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 55 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा