पत्रपत्रिका

    Showing 1,171-1,180 of 1,254 items.
  • ३५ प्रतिशत किसानले रोप्न छाडे उखु

    बिर्तामोड (आर्थिक अभियानबाट) चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ ।‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 112 पटक पढिएको
  • राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव जितेपछि बाटो विस्तार गर्दा आफ्ना हल जोगाए,’ शाहीले भने, ‘दोस्रोपटक प्रतिनिधिसभा जितेपछि झन् कम्पाउन्डै पो लगाएछन् ।’बालाजु चोकबाट सय मिटर नुवाकोटतिर जाने सडकको दायाँ छेउमा छ मानन्धरको अष्टनारायण पिक्चर्स । सडक विस्तारका लागि यो हलमा पनि रातो रङले चिनो लगाइएको थियो तर सत्तामा रहेका मानन्धरको हल भत्किएन । आफ्नो सिनेमा हल

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 110 पटक पढिएको
  • विप्लव समूहको अबको योजना : अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ रु पार्टीगत संरचना कस्ता हुनेछन् रु नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् रु सरकारसँग सहमति भएकाबाहेक नलेखिएका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ । तीन बुँदे सहमतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मुद्दा फिर्ता र खारेजीबारे सरकारसँग अर्को समझदारी आवश्यक

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 101 पटक पढिएको
  • राजनीतिक भुमरीबीच प्रतिनिधिसभा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट )  राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेदेखि नै राजनीतिक दलहरूबीच तिक्तता बढेको छ । नेकपा व्यावहारिक रूपमा विभाजित छ । नेकपाको एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्कोतर्फ पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेका छन् । निर्वाचन आयोगले वैधानिकताको छिनोफानो नगरेकाले कानुनी हैसियत एउटै दलको छ । तर संसदीय दल र पार्टीका बैठक अलग–अलग चले

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 93 पटक पढिएको
  • संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

    बिर्तामोड(राजधानी दैनिकबाट) दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो ।नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने,

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 104 पटक पढिएको
  • मेलम्ची पानी आज सुन्दरीजल आईपुग्ने

    बिर्तामोड ( नागरिक दैनिकबाट ) दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।  ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले शुक्रबार राति नागरिकसँग भने। उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ। सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनले बताए।गएको असारमा पहिलो पटक असफ

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 113 पटक पढिएको
  • केयुकेएलद्वारा वितरण गरिएको खानेपानीमा फोहर

    बिर्तामोड ( नागरिक दैनिकबाट ) काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।  सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको धाराका फोहर र गन्हाउने पानी आउन थालेकाले उनीहरूले समाधानका लागि वितरण केन्द्रमा जानकारी गराएका थिए । तर केन्द्रले गुनासो सुनुवाइ नगरेको उनीहरू बताउँछन् । पटक–पटक वितरण केन्द्रमा जानकारी गराउँदा पनि केन्द्रले चासो नदिएको स्थानीयको भनाइ छ । स

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 105 पटक पढिएको
  • नेकपा नाम विवादको टुंगो भोलि

    बिर्तामोड ( नागरिक दैनिकबाट ) विवादमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नामको विषयमा सर्वोच्च अदालतले फागुन २३ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले सारिएको हो ।  पूर्वप्रधानन्यायाधीशको निधनपछि शोकका कारण बिहीबार सर्वोच्चसहित देशभरका अदालतमा बिदा दिइएकाले आइतबारका लागि पेसी तोकिएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।  न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले कट्टेलको मुद्दामा

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 106 पटक पढिएको
  • प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) नेकपाको प्रचण्ड–नेपाल समूहले राजीनामा नगरे प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने घोषणा गरेको छ । संसद् बैठकको पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले शीर्ष नेतृत्वलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने म्यान्डेट दिएको छ । सो समूहका अध्यक्ष एवं शुक्रबार नै संसदीय दलको नेता चयन भएका पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्र नयाँ समीकरणबारे टुंगो लाग्ने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको राजीनामा नआए अविश्वासको प्रस्ताव अगाडि बढ्ने बताए । ओलीले अविश्वासको प्रस्तावको बाटोमा जान आफूहरूलाई बाध्य बनाएको प्रचण्डको भनाइ थियो ।‘

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 100 पटक पढिएको
  • कांग्रेस संसदीय दलको बैठक : ओलीको विकल्प खोज्न सुझाब

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने वेला आएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन पार्टी नेतृत्वलाई सुझाब दिएका छन् । संसदीय दलको शुक्रबारको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीको विकल्प खोज्नकै लागि भए पनि अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने मत राखेका छन् ।संसदीय दलको बैठकमा २९ जना सांसदले धारणा राखेका थिए । कतिपयले नेकपा विभाजन हुँदा कमजोर बनेको शक्तिसँग सहकार्य गर्नुपर्ने तर्क पनि गरे । तर, नेतृत्वले भने अहिले अविश्वासको प्रस्ताव लैजाने स्थिति नरहेको जवाफ दिएको छ । ओलीलाई पुनस्र्थापित प्रतिनिधिसभामा प्रधानमन्त्रीका रूपम

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 96 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा