पत्रपत्रिका

    Showing 1,171-1,180 of 1,258 items.
  • रोप्ने बेलामा खोजेको मल पाक्ने बेलामा आइपुग्यो

    बिर्तामोड ( कारोवार दैनिकबाट ) बाली लगाउने बेलामा चरम अभाव भएको रासायनिक मल पाक्ने बेलामा भने भित्रिएको छ । गहुँ छर्ने र गोड्ने बेलामा अभाव रहेको मल अहिले बल्ल पाक्ने बेलामा नेपाल आइपुगेको हो । हिउँदे बालीलाई लक्षित गरेर सरकारले मल ल्याउनुपर्ने थियो । तर अब धानलगायत बर्खे बालीको लागि उपयोग हुने भएको छ ।कृषि सामग्री लिमिटेडका अनुसार बंंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन रासायनिक मलमध्ये पहिलो चरणमा मंगलबार २५ सय ४० टन वीरगञ्जमा आइपुगेको छ । बंगलादेशबाट जिटुजीमार्फत ल्याउन सम्झौता भएअनुसार पहिलो चरणको २२ हजार टनमध्ये २५ सय ४० टन मल आइपुगेको हो । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बाँकी मल १५ दि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 131 पटक पढिएको
  • अब स्थानीय जनप्रतिनिधिका सहयोगीले पनि मासिक खर्च पाउने

    बिर्तामोड ( कारोवार दैनिकबाट ) नेपाल सरकारले स्थानीय जनप्रतिनिधिले विधिवत् रूपमा निजी सचिवालयका लागि सहयोगी पाउने नमुना कानुनी दस्तावेज तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको गाउँपालिका(नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ ले स्थानीय तहका जनप्रतिनिधिका निजी सचिवालयका सहयोगीका लागि मासिक बजेट उपलब्ध गराउने विधिवत् बाटो तय गरिदिएको हो ।नमुना निर्देशिकाले नगरपालिकाका प्रमुख(अध्यक्ष, उपाध्यक्ष(उपप्रमुखका लागि निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न मासिक खर्च उपलब्ध गराउने उल्लेख गर्न सक्ने उल्लेख छ । जसअनुसार महानगर प्रमुखको निजी सचिवालय सहयोगीका लागि बढीमा

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 134 पटक पढिएको
  • निर्वाचनका लागि तयार रहन शिक्षामन्त्रीको निर्देशन

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट ) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा सामग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणका क्रममा उहाँले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो ।‘अब निर्वाचन गर्ने समय आएको छ, तपार्इंहरु तयारी रहनुस्’, मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भन्नुभयो– ‘सबै मेसिन दुरुस्त राख्नुस् । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 147 पटक पढिएको
  • नघट्ने भयो सिमेन्टको प्याकेजिङ साइज

    बिर्तामोड (आर्थिक अभियानबाट) सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् । सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न चाहेको र माग गर्दै आएको भए पनि सिमेन्ट उद्योग कम्पनीहरूले सानो परिमाणको प्याकेजिङ साइजका लागि आवेदन दिएका छैनन् । हाल नेपाली बजारमा सिमेन्टको प्याकेजिङ साइज ५० किलोग्राम ९केजी० मात्रै छ ।नीतिगत व्यवस्था नहुँदा सानो परिमाणको प्याकेजिङ साइजमा उद्योगीहरूले सिमेन्ट बजारमा ल्याउन पाएका थिएनन् । सरकारले नियमावली बनाएर राजपत्रमा प्रकाशित गरेको ९ महीना बित्दा पनि कुनै उद्योगले कम परिमाणको

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 166 पटक पढिएको
  • ३५ प्रतिशत किसानले रोप्न छाडे उखु

    बिर्तामोड (आर्थिक अभियानबाट) चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ ।‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 152 पटक पढिएको
  • राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव जितेपछि बाटो विस्तार गर्दा आफ्ना हल जोगाए,’ शाहीले भने, ‘दोस्रोपटक प्रतिनिधिसभा जितेपछि झन् कम्पाउन्डै पो लगाएछन् ।’बालाजु चोकबाट सय मिटर नुवाकोटतिर जाने सडकको दायाँ छेउमा छ मानन्धरको अष्टनारायण पिक्चर्स । सडक विस्तारका लागि यो हलमा पनि रातो रङले चिनो लगाइएको थियो तर सत्तामा रहेका मानन्धरको हल भत्किएन । आफ्नो सिनेमा हल

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 159 पटक पढिएको
  • विप्लव समूहको अबको योजना : अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ रु पार्टीगत संरचना कस्ता हुनेछन् रु नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् रु सरकारसँग सहमति भएकाबाहेक नलेखिएका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ । तीन बुँदे सहमतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मुद्दा फिर्ता र खारेजीबारे सरकारसँग अर्को समझदारी आवश्यक

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 137 पटक पढिएको
  • राजनीतिक भुमरीबीच प्रतिनिधिसभा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट )  राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेदेखि नै राजनीतिक दलहरूबीच तिक्तता बढेको छ । नेकपा व्यावहारिक रूपमा विभाजित छ । नेकपाको एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्कोतर्फ पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेका छन् । निर्वाचन आयोगले वैधानिकताको छिनोफानो नगरेकाले कानुनी हैसियत एउटै दलको छ । तर संसदीय दल र पार्टीका बैठक अलग–अलग चले

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 134 पटक पढिएको
  • संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

    बिर्तामोड(राजधानी दैनिकबाट) दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो ।नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने,

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 142 पटक पढिएको
  • मेलम्ची पानी आज सुन्दरीजल आईपुग्ने

    बिर्तामोड ( नागरिक दैनिकबाट ) दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।  ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले शुक्रबार राति नागरिकसँग भने। उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ। सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनले बताए।गएको असारमा पहिलो पटक असफ

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 149 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.