पत्रपत्रिका

    Showing 1,141-1,150 of 1,254 items.
  • दोस्रो खेप दिन सेरमको आनाकानी

    बिर्तामोड ( नागरिक दैनिकबाट ) भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।सेरमले मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ। सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ। ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 241 पटक पढिएको
  • गुटबन्दीले थिलथिलो भयो कांग्रेसः देउवाको भागमा अपजस मात्र

    बिर्तामोड (नागरिक दैनिकबाट ) तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।  पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्य गर्नुको साटो देउवा त

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 108 पटक पढिएको
  • १२ हजार नेपाली कोरिया जान पाएनन्

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कालीकोट, रास्कोट–१ का २५ वर्षीय अनन्त आचार्यले ५ वर्षको मिहिनेतपछि सन् २०१९ मा दक्षिण कोरिया जान नाम निकाले । कडा प्रतिस्पर्धा हुने रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा र सीप परीक्षा उत्तीर्ण गरेपछि उनी फुरुङ्ग थिए । उड्ने दिन कुर्न थाले । तर दुई वर्ष हुँदा पनि न कोरिया जान पाएका छन्, न कहिले जाने टुंगो नै छ । ‘अत्यास नै लागिसक्यो, जानै पो नपाइने हो कि!’ उनले भने ।काठमाडौं आएर भाषा सिक्दा र पटक–पटक परीक्षा दिँदा करिब ५ लाख रुपैयाँ खर्च गरिसके । सामान्य परिस्थिति भइदिएको भए यतिखेर उनी कोरियाको कुनै उद्योगमा काम गरिरहेका हुन्थे । नेपालमा भएको खर्चजति केही महिनामै

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 112 पटक पढिएको
  • ६० वर्षमाथिकाको उपचारमा ५०% छुट

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) ज्येष्ठ नागरिकलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य सेवा दिन सरकारले प्रत्येक प्रदेशका केही अस्पतालमा ‘जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गरेको छ ।विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालहाल स्वास्थ्य मन्त्रालयको ससर्त अनुदानबाट २४ वटा जिल्ला तथा प्रदेश अस्पतालमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिएअनुसारको निश्चित स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले हालै जेरियाट्रिक ९ज्येष्ठ नागरिक० स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ समेत पारित गरेको छ । यस

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 123 पटक पढिएको
  • एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किए

    बिर्तामोड (नेपाल समाचारपत्रबाट ) कोरोनाका कारण विगत एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किएका छन् ।अध्यागमन कार्यालय रसुवागढीका अनुसार मंगलबार ११ जना र बुधबार एक जना केरुङबाट रसुवागढी आई आ–आफ्नो घर फर्किएका हुन् ।व्यापार व्यवसायका लागि केरुङमा नै बसोबास गरिरहेका जिल्लाभित्र र बाहिरका नेपालीहरू कोभिडका कारण लगाइएको लकडाउनले गर्दा घर फर्कन सकिरहेका थिएनन् । फागुन २१ गतेदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि केरुङमा रहेका नेपालीले कोही गर्भवती भएको र कोही बिरामी भएको कारण देखाई स्वदेश फर्काउन अनुरोध गरेकोले उनीहरूलाई स्वदेश फर्काइएको अध्यागमन प्रमुख एकनारायण भण्डारीले बताउनुभयो ।उ

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 117 पटक पढिएको
  • नक्कली लेबलमा मोबिल र पेन्ट बेच्‍ने पक्राउ

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) विराटनगरमा सर्बो ब्रान्डको लेबल लगाएर नक्कली मोबिल र नक्कली एसियन पेन्ट्स बिक्री गर्दै आएका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । विराटनगर ११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई पक्राउ गरेको हो ।गोप्य सूचनाका आधारमा जनपथ टोलमा २० वर्षदेखि भाडा लिएको गोदाममा सर्वोको लेबल लगाएर नक्कली मोबिल र इनामेल पेन्ट्स प्याकिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।‘खेम्काले बाहिरबाट मोबिल ल्याएर सर्वोको स्टिकर आफैंले छापेर एक लिटरको बट्टा र बोतल तयार पारी बिक्री गर्दै आएको घटनास्थलके प्रकृति

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 133 पटक पढिएको
  • यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि जर्नेल कार्की बर्खास्त

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका छन् ।संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 99 पटक पढिएको
  • विवादमा बीएन्डसीको सम्बन्धन बीपी प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट )  झापाको बीएन्डसी मेडिकल कलेजलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् ।स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई तत्काल प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने सम्झौता भएको हो । केयूले सम्बन्धन दिए पनि नियमन, अनुगमनलगायत प्राज्ञिक गतिविधिका कार्यक्रम र परीक्षा प्रतिष्ठानले सञ्चालन गर्ने सम्झौता गरिएको छ । केयूले दिएको सम्बन्धन प्रतिष्ठानको ऐन संशोधन गराएर उतै स

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 119 पटक पढिएको
  • पाँच वर्षमा २६ हजार ५ सयले गरे आत्महत्या

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) - दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी सुकु बडुवाल गत आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालिन् । उनीसहित दुई छोरी र एक छोराको शव भेटिएको छ, एक नाबालक छोरी अझै बेपत्ता छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुकुले सन्तानसहित आत्महत्याको बाटो रोज्नुको मुख्य कारण घरेलु हिंसा देखिएको छ । पति मानसिङ मदिराका अम्मली थिए, पत्नी र छोराछोरीलाई यातना दिन्थे । यो क्रम आइतबार पनि दोहोरियो । सुकुले पीडा सहन सकिनन् । र, चार सन्तानसहित बग्दै गरेको कर्णाली नदीमा हामफालेर आफ्नो इहलीला समाप्त गरिन् ।- दुई वर्षअघि कपिलवस्तु यशोधरा गाउँपालिका– २ की ३० वर्षीया शकुन्तला यादव

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 100 पटक पढिएको
  • स्वदेशमै परीक्षण र उपचार सम्भव

    बिर्तामोड  (गोरखापत्र दैनिकबाट) नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहँु बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताउनुभयो । डा। श्रेष्ठले आ

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा