बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्नुहुने भएको छ । उहाँले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।
बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्नुहुने भएको छ । गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण भ्रमण रोकिएको थियो ।
बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबबुर रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ गतेसम्म मनाउने गरी १० दिने कार्यक्रम सार्वजनिक गरेको छ ।