बिर्तामोड ( राजधानी दैनिकबाट ) सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यमकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचना आर्थिक वर्ष २०७७-७८–२०७९-८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । जसअन्तर्गत २०७७-७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८-७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९(८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।

यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । मध्यमकालीन खर्च संरचनामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अत्यन्तै प्रभावकारी र कामकाजी बनाइने प्रस्ताव गरिएको छ । देशभर रहेका अस्पतालको स्तरोन्नति गर्ने योजनासमेत अघि सारिएको छ ।

OM Sai Pathibhara Hospital

सरकारले २०७९(८० सम्म १ लाख जनसंख्यामा ९५ जना डाक्टर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । हाल प्रत्येक १ लाखमा डाक्टरको संख्या ७८ जना रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार दर्तावाल डाक्टरको संख्या एमबीबीएस र बीडीएसतर्फ २८ हजार ४ सय ७७ रहेको छ ।


– केन्द्रीय प्रयोगशामा व्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा

– १ लाख जनसंख्यामा ९५ जना डाक्टर

– बिमितको संख्या ६० प्रतिशत पु¥याउने

– अस्पतालमा प्रसूति गराउने संख्या बढाइने

– पूर्णखोप प्राप्त गर्नेको संख्या ९० प्रतिशत

स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या अत्यन्त न्यून रहेको छ । कुल जनसंख्याको ७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०७९÷८० सम्म ६० प्रतिशत पु¥याउने योजना अघि सारिएको छ । हाल प्रतिलाख जनसंख्यामा १ हजार ५० स्वास्थ्यकर्मी रहेका छन् । अबको एक वर्षमा प्रतिलाख जनसंख्यामा ४ हजार ४ सय ५० स्वास्थ्यकर्मी पु¥याइने मध्यमकालीन खर्च संरचनामा उल्लेख छ ।

सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेलाई प्रोत्साहन कार्यक्रम अघि बढाए पनि उल्लेखनीय रूपमा यो कार्यक्रम सफल हुन नसकेको पाइएको छ । अहिले पनि प्रसूति गराएकामध्ये प्रत्येक १ सय जनामा ४३ जनाले घरमै प्रसूति गराएको देखिएको छ । सरकारले २०७९÷८० सम्म ७४ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसूति गराउन आउन आउने लक्ष्य राखेको छ ।

हाल पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको संख्या ७० प्रतिशत रहेकोमा अबको तीन वर्षमा सो संख्या ९८ प्रतिशत पु¥याइने योजना अघि सारिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा जन्मेको १ घण्टाभित्र स्तनपान गरेका बालबालिकाको संख्या ५४ दशमलव ९ प्रतिशत रहेकोमा दुई वर्षभित्र ७५ प्रतिशत पु¥याइने लक्ष्य लिइएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रतिलाखमा ३० जनामा एचआईभीबाट नयाँ संक्रमित थपिने गरेको तथ्यांक छ । यो संख्यालाई घटाएर २०७९÷८० मा १८ जनामा झार्ने योजना सरकारको छ ।

पाँच वर्षमुनिको बालमृत्युदर ९प्रतिहजार जीवित जन्ममा० ३९ रहेकामा अबको दुई वर्षपछि पाँच वर्षमुनिको बालमृत्युदर ९प्रतिहजार जीवित जन्ममा० २६ जनामा झार्ने योजना बनाइएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा ३० वर्षदेखि ७० वर्ष उमेर समूहका मानिसमा कार्डियो भास्कुलर रोग, क्यान्सर, मधुमेह वा स्वास प्रश्वाससम्बन्धी दीर्घकालीन रोगबाट मृत्युदर प्रतिहजारमा २ दशमलव ८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा यो संख्या घटाएर प्रतिहजारमा २ दशमलव ३५ पु¥याइने मध्यमकालीन लक्ष्य राखिएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले संघ प्रदेश तथा स्थानीय तहले सार्वजनिक आयव्ययको प्रस्तुत गर्दा आगामी तीन वर्षमा हुने खर्चको प्रक्षेपणसहितको मध्यमकालीन खर्च संरचना तर्जुमा गर्नुपर्ने व्यवस्था गरेको छ ।