मनोरञ्जन

    Showing 881-890 of 2,829 items.
  • ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको नृत्यको तारिफ

    रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन् । अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ ।नाच्न जान्दैनन् भन्ने हुन्छ । स्वयं कलाकार पनि त्यसै भन्छन् । तर, यसपटक अलि फरक भयो । चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको डान्सको पनि तारिफ भइरहेको छ । अभिनयमा गज्जवको तारिफ बटुल्ने उनले यसपटक नृत्यसमा पनि वाहीवाही बटुलिरहेका छन् ।प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा स

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 342 पटक पढिएको
  • ‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

    हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ।लाइभ भर्सनमै चर्चित बनेको गीतमा हालसम्म डेढ लाखभन्दा धेरै टिकटक बनिसकेको छ भने युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी भ्युज हासिल गरिसकेको छ। विशेष गरी ‘जेन-जी’ पुस्ताका युवा–युवतीहरूले यस गीतलाई उत्साहपूर्वक टिकटकमा प्रयोग गरिरहेका छन्। चलचित्रको स्टुडियो रेकर्ड भर्सन भने चलचित्र रिलिजसँगै मात्र सार्वजनिक गरिनेछ। यो गीत चलचित्र

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 333 पटक पढिएको
  • ‘जेरीः अन टप’को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक

    अनन्या फिल्मस्को निर्माणमा सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्म ‘जेरीः अन टप’को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक गरिएको छ । असोजको ३१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर छ । उनलाई गीतमा गायिका सोमिया बराइलीले साथ दिएकी छिन् । सार्वजनिक गीतको भिडियोमा नायक अनमोल केसी, नायिकाद्धय जसिता गुरुङ र आँचल शर्मा, कलाकार केदार प्रसाद घिमिरेलाई फिचरिङ गरिएको छ । शेर्पा संस्कृति र भेषभुषामा जसिता देखिएकी छिन् । गीतको भिडियो हेर्दा मुस्ताङ पुगेका अनमोल, आँचल र केदारलाई स्थानीयहरूले स्वागत गरेको देख्न सकिन्छ । भविष्य खड्का, रोविन शेरचन, राम

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 355 पटक पढिएको
  • ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

    भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको संगीत रहेको गीतमा सुजन र भूषण खतिवडाको स्वर, हर्क साउदको शब्द छ । सार्वजनिक गीतको भिडियोमा घना जंगलको बीचमा आदिवासी बस्ती देखाइएको छ । जहाँ, आदिबासीहरुको बीचमा फिल्मका मुख्य नायक समीर भट्टले डान्स गरेका छन् । उनी, त्यहाँ किन र कसरी पुगे भन्ने कथा रोचक हुने देखिन्छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा यो गीतको भिडियो तयार भएको हो । भिडियोमा सुनिल र फिल्मका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ । सेनले फिल्ममा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन् । आसुसेन फिल्म प्रोडक

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 315 पटक पढिएको
  • लामो समयको प्रेमपछि बैबाहिक जीवनमा बाँधिए सविन र अनु

    लामो समयको प्रेमपछि नायक सविन श्रेष्ठ र नायिका अनु शाह बैबाहिक जीवनमा बाँधिएका छन् । असोज ११ गते उनीहरू बैबाहिक जीवनमा बाँधिएका हुन् । आफ्ना नजिकका आफन्त र परिवारका सदस्यहरूको उपस्थितिमा अनु र सविन बैबाहिक जीवनमा बाँधिएका हुन् । अनु र सविन लामो समयदेखि लिभिङ टुगेदरमा थिए । उनीहरुले कानुनी बिहे गरेर लिभिङ टुगेदरमा जीवनलाई अगाडि बढाइरहेका थिए । सविन र अनुको भेट एक फोटोसुटका क्रममा एक दशक अगाडि भएको थियो । त्यसपछि, यी दुई नजिक भएका थिए । सविन अहिले पनि फिल्ममा सक्रिय छन् भने अनु युट्युबमा भ्लग बनाएर दर्शकमाझ नजिक हुँदै आएकी छिन् । 

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 445 पटक पढिएको
  • २५ दिनमै सकियो ‘आ बाट आमा’को छायांकन

    निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’को छायांकन सकेका छन् । ३० दिनको सेड्यूलमा सुरु भएको छायांकन प्राविधिक र कलाकारहरूको सहयोगका कारणले गर्दा २५ दिनमै सकिएको चन्द्रको भनाई छ । आमा र सन्तानबिचको माया ममता तथा स्नेहको कथामा यो फिल्म बनेको छ । चितवन र काठमाडौंमा खिचिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका छ । नायक पल शाहले यो फिल्मबाट आफू निकै आशावादी रहेको सुनाए । दर्शकले यो फिल्मलाई साथ दिने र आफूलाई उत्कृष्ट सिर्जनाका लागि प्रेरणा दिने पलको तर्क छ । आर्या इन्टरटेनमेन्टको व्यानरमा निर्माण

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 321 पटक पढिएको
  • ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक

    दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ गीत रिलिज भएको छ। गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/ मास्टरिङ्ग रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, बर्षा राउत लगायत फिचर रहेका छन्फि चर रहेका छन्। चलचित्रको कथा अनुसार बगेको भिडियोमा चलचित्रका प्रमुख कलाकार पनि प्रस्तुत भएका छन्।विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका छन् भने नहकुल खड्काले सम्पादन गरेका

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 415 पटक पढिएको
  • ‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’

    दशैंको फूलपाती अर्थात असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मलाई दर्शकहरुमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ ।यो फिल्मका मुख्य नायक हुन्, धिरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका धिरज उत्साहित छन् । यो फिल्मको स्क्रिप्ट उनले दुई वर्ष अगाडि नै हात पारेका थिए । स्क्रिप्ट पढ्ने वित्तिकै उनी फिल्म खेल्न राजी भएका थिए । धिरज भन्छन्–‘यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मन परेर नै म यसमा जोडिएको हुँ । यसले, माइतीघर

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 261 पटक पढिएको
  • ‘हरिबहादुरको जुत्ता’को कन्टेन्ट र जेन – जी पुस्ताको आवाज किन मिल्यो ?

    असोज १३ गते अर्थात बडादशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसारको व्यस्ततामा रहेको छ। चलचित्रका प्रचार सामग्रीबाट प्राप्त प्रतिक्रियाले उत्साहित रहेको चलचित्रको टिमले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। उक्त अवसरमा चलचित्रका मुख्य कलाकार, निर्माता र निर्देशकको उपस्थिति रहेको थियो।चलचित्रको ट्रेलरबाट नै चलचित्र अहिलेको जेन-जी पुस्ताको आन्दोलन र मागसंग मिल्ने केहि झल्को प्रस्तुत गरिएको थियो। सोहि कारण पनि यो बिषय आयोजित पत्रकार भेटघाट कार्यक्रममा चासोको साथ सोधिएको थियो। हरिवंश भन्छन् – ‘ यो कथा करिब १ बर्ष अगाडी तयार भएको हो।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 321 पटक पढिएको
  • ‘हर्ष’ले रिलिज गर्यो ‘सिठ्ठी मार’ गीत

    मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।आलोक शुक्लाले खिचेको गीतमा सिनेमाका प्राय कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुन

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 418 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.