गीतकार विदुरराज गिरीको नेपाली सेनाप्रति समर्पित गीत ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक भएको छ।
गीतमा नेपाली सेना कसरी निस्वार्थ सेवामा समर्पित छ भन्ने सन्देश छ । जहाँ जस्तोसुकै परिस्थिति आउँदासमेत नेपाली सेना सधैँ घर–परिवारको मायालाई मनमा राख्दै, दिनरात देश र जनताको सेवामा समर्पित छ भन्न खोजिएको छ ।
गीतमा राजकुमार आलेमगर र प्रमिला बानियाँको स्वर र विशेष पौडेलको एरेन्ज तथा कम्पोज ,कुमार थापाको मिक्सिङ् छ ।
गीतको भिडियोमा दिक्पाल कार्की र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ। भिडियोमा बालकालकारहरू सम्भव राज गिरी र वैभव राज गिरीको समेत अभिनय छ । गीतको भिडियो उमेश गुरुङले निर्देशन गरेका हुन् ।